वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार समाबेशी सुशासन र हरीत अर्थतन्त्र समुदायको आधार भन्ने नारा सहित जलबायु उत्थानशिल समुदाय र पारिस्थितिक प्रणाली स्थापनाको लागि कृषक पाठशाला कार्यक्रम सन्चालन भैरहेको छ ।
शनिबार पाल्पा रामपुरमा सन्चालन भएको पाचौं कक्षामा डढेलो , डढेलो लाग्नुको कारण निम्त्याउने बिपत र बिपत्ति न्यूनीकरणका बिषयमा छलफल भएको थियो ।वन डढेलो नियन्त्रण र व्यवस्थापन सम्बन्धि कार्यक्रम अध्यक्ष राम्चे सामुदायिक बन व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता भएको हो । कार्यक्रममा सामुदायिक बन महासंघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा भएको थियो ।उहाँले प्रयोगात्मक कक्षाका बिषयमा जानकारी गराउनु भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेल ,सन्चारकर्मी सृजना घिमिरे लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।
सहजकर्ता वन महासंघ रामपुरका अध्यक्ष बिन्दु श्रेष्ठले सहजीकरण गर्नु भएको हो । सहजीकरण गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको छ ।
कार्यक्रममा बन महासंघको तर्फबाट अग्नि नियन्त्रणका लागि आवश्यक पर्ने सामानहरु बुट, बेल्चा, पन्जा, टोपी , कपडा , प्राथमिक उपचारको सामानहरु राम्चे बनका अध्यक्ष बिष्णु प्रसाद बस्याललाइ हस्तान्तरण गरिएको छ । २० जना उपभोक्तालाइ १८ कक्षा सन्चालन गर्ने गरि सुरु गरिएको कार्यक्रमको जित बहादुर थापाले गर्नु भएको थियो । कार्यक्रम राम्चे सामुदायिक बनमा भइरहेको छ ।





