पाल्पाकाे निस्दीमा जिप दुर्घटना ६ जना घाइते

बोली खबर   २०८२-०१-२६


धनबहादुर ठाडा / वैशाख २६
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शुक्रबार नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउदै गरेको लु १ ज २६४९ नम्बरको जिप करिब ४ बजेतिर मित्यालको लामेदमारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर निस्दी -४, मित्याल, झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र ३० वर्षकी पुष्पा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुको उपचारका लागि नवलपुरमा लागेको छ ।

जिपमा चालक सहित १२ जना सवार रहेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवलदार राजेश रानाले बताउनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।