बासुदेव ढकाल
रामपुर पाल्पा
पाल्पा (रामपुर) अन्धकार मुक्ति बचत वचत तथा ऋण सहकारी सस्था रामपुर पाल्पाले आफ्ना युवा शेयर सदस्यहरुलाइ व्यवसाय प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकोछ । सहकारीमा अवद्ध १०० जना युवा व्यबसायीलाइ व्यवसायमा उत्साही वनाइ प्रबर्धन गर्ने उदेश्यले चितवनको सौराहामा व्यवसाय प्रबर्धन तथा अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सफल ब्यवसायि भाटभटेनी सुपरमार्केटका एमडी मिन बहादुर गुरुङ्गले कार्यक्रमको उद्घाटन गर्दै आफुले आफ्नो जिवनमा पाएको सफलता र अनुभवबारेमा सुनाउनु भएको थियो । दूइ दिने अभिमुखिकरणमा बाह्खरी डटकमका सम्पादक प्रतिक प्रद्धान, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा युवा ब्यबसायि सन्दिप सापकोटा, जमला कृषी फर्म वनेपाको संचालक कमला लामाले व्यवसायका सम्भावन र आफ्नो अनुभवबारे सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय वि. पि. चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले देशको समृद्धिको लागि युवा र उत्पादनको महत्वको बारेमा सहभागीलाइ सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सस्थाका सल्लाहकार एबं रामपुर उद्योग वाणिज्यसंघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले स्थानीय श्रोत र साधनको अधिक्तम प्रयोग गरी रामपुरको पहिचान सहितको बस्तु उत्पादन गर्न संघले उपयुक्त वातावरण तयारी गरी सहयोग गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सहकारी सस्थाले वचत तथा ऋणको कारोबार गरेर मात्र बस्न नहुने भएकोले सस्थामा अवद्ध युवा शेयर सदस्यलाइ व्यवसाय गर्न उत्प्रेरित गर्न यस्ता कार्यक्रम संचालन गर्न लागेको बताउदै केही गर्छु भन्ने युवालाइ लगानीको खाँचो नभएको बताउनुभयो । केही गर्छु भन्ने अठोट लिएर सहकारीमा आउनुहोस लागानी पुँजीको खाँचो हुन सहकरीले दिदैनौ भन्नु भयो ।
सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता र उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालको संचालनमा कार्यकंम भएको थियो ।
२०५५ सालमा रामपुर ५ डुम्रीगाउमा देनिक ५० पैसा वचत संकलनबाट सूरु भएको सस्थामा हाल ११ हजार भन्दा धेरै शेयर सदस्य रहेको सस्थाले अरव वढीको कारोवार केन्द्रिय कार्यालय रामपुर सहित गल्धा ढुङ्गगानाबेसी ,जब्गादी ,बेझाँड गेझामा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएकोछ ।




