निस्दी ७मा वडास्तरीय मिनि बाल भेला सम्पन्न

बोलीखबर   २०८२-०१-२९

समाचार बैशाख २८ गते,
निस्दी गाउँपालिका वार्ड नं ७ को आयोजनामा वडास्तरीय मिनि बाल भेला सम्पन्न भएको छ । निस्दी गाउँपालिका वार्ड नं ७ का वडाअध्यक्ष मुक्त पाटाकाे अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ रहनुभएको हो । मुख्य पाहुना सभापति श्रेष्ठले बालबालिका भबिस्यका कर्णधार हुन् ।उनीहरुलाई राम्रो शिक्षादिक्षा दिन सकियो भने भबिस्यमा राम्रो मान्छे बन्न सक्ने बताउनुभयो ।उहाँले बालबालिकालाई पढाइका साथै सामाजिक र राजनीतिक चेतना दिनुपर्ने बताउदै अहिलेका बालबालिका भोलि यो देशको नेतृत्वतहमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बालबालिकाको हकहित र अधिकारका लागी गाउँपालिकाले काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल लगायतले आफ्नो धारणा राख्नुभएको हो ।
कार्यक्रममा वडाभित्रका ९ वटा बिद्यालयका ५०० बढी विद्यार्थी ,जनप्रतिनिधि,गाउँपालिकाका कर्मचारी , शिक्षक , अभिभावक लगायत जनसमुदायको सहभागिता रहेको थियो।कार्यक्रममा विद्यार्थीहरुलाई स्टेसनरी सामान समेत वितरण गरिएको थियो ।