बताचुलि देवि प्रथामिक बिद्यालयको ३७ औ बार्षिक उत्‍सव तथा अभिभावक भेला समपन्‍न

बोली खबर   २०८२-०२-०१

पिर्थ थापा मगर

माथागढी पाल्‍पा जिल्‍लाको अखरिगौडामा रहेको बताचुलि देवि प्रथामिक बिद्यालयको ३७ औ बार्षिक उत्‍सव तथा अभिभावक भेला समपन्‍न भएको छ। आज मंगलबार माथागढी गाउपालिका वडा न: ७ अखरिगौडा गाउँ स्‍थित बताचुलि देवि प्रथामिक बिद्यालयले ३७ बर्ष पुरा भएको उपलक्ष्‍यमा बार्षिक जन्‍मोत्‍सव कार्यक्रम समपन्‍न गरेको हो।

माथागढी गाउपालिका वडा न: ७ का अध्‍यक्ष जंग बहादुर दर्लामिको प्रमुख आतिथ्‍यतामा समपन्‍न कार्यक्रममा अभिभावकको राम्रो उपस्‍थितीका बिच विद्यार्थीलाई पुरस्‍कार वितरण तथा जलपान गरि बिद्यालयको ३७ औ बार्षिक उत्‍सव मनाएको हो। बार्षिक परिक्षामा उत्‍कृष्‍ट नतिजा प्राप्‍त गर्ने विद्यार्थीलाई, बर्षभरी नियमित उपस्‍थिती हुने विद्यार्थीलाई , सरसफाइमा ध्‍यान दिने विद्यार्थीलाई, सबै भन्‍दा अनुशासित एक जना विद्यार्थीलाइ र बिद्यालयको बार्षिक उत्‍सवको अवर पारि बिभिन्‍न खेलकुदमा सहभागी भएर विजेता भएका विद्यार्थीहरुलाई समेत पुरस्‍कृत गरिएको थियो ।

कार्यक्रममा बताचुलि देवि प्राथामिक बिद्यालयका प्रधानाध्‍यापक सिमा थापाले बिद्यालयको शैक्षिक शत्र अवधी भरी भएको आय र व्‍ययको विवरण सार्वजनिक गर्नु भएको थियो।

बिद्यालय व्‍यवस्‍थापन समितिका अध्‍यक्ष नेत्रलाल नेपालीको सभापतित्‍वमा समपन्‍न कार्यक्रममा माथागढी गाउपालिका वडा न:७ का अध्‍यक्ष जंग बहादुर दर्लामि प्रमुख अतिथिको को रुपमा र विशिष्‍ट अतिथीको रुपमा श्री महेन्‍द्र नरेश मा:वि का प्रधानाध्‍यापक छविनद्र लाल वि.क, शिक्षक अभिभावक संघका अध्‍यक्ष अमर काम्‍मु र महेन्‍द्र नरेश ठाडेका शिक्षक केसब बारघरे र बिभिन्‍न विभिन्‍न बिद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो। साथै स्‍वागत मन्‍तब्‍य शिक्षक बुद्धि माया सिंहले दिनुभएको थियो भने बिद्यालयका शिक्षक हुम बहादुर सिं मगरले कार्यक्रम संचालन गर्नु भएको थियो।