लुम्बिनी र गण्डकी बिच अनुभव आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न

बोली खबर   २०८२-०२-०३

लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति र गण्डकी प्रदेश सभा अर्थ समिति बिच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।लुम्बिनी प्रदेश सभा सचीवालय पुस्तकालय हल देउखुरीमा भएको आन्तरकृया कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको छ।


अन्तरक्रियामा प्रदेशको उद्योग संचालन , राजस्व संकलन ,अविवृद्दी ,खर्च सम्बन्धि र कालिगण्डकीको किनारमा अवस्थित स्याङ्जा ,तनहुँ र पाल्पालाई कालीगण्डकीवेसिको बिकास निर्माण सम्बन्धि विशेष छलफल भएको थियो। दुई प्रदेश बिचको बिकास निर्माण आन्तरिक राजस्व सङ्कलन हालको अवस्था , कला सस्कृती, कालीगण्डकी सभ्यता जस्ता बिषयमा महत्त्वपुर्ण छलफल भएको श्रोतले बताएको छ

कार्यक्रममा लुम्बिनी प्रदेश सभा कृषि समिति सभापति विश्व प्रेम पाठक ,अर्थ समितिका माननीय सदस्यीयहरु,प्रदेश सचिवालयका सचिव श्री दुर्लभ पुन,कार्यव्यवस्था साखा प्रमुख ,कानुन अधिकृत ,माननीय सभापति र माननीयज्युहरुका स्वकीय सचिव र पत्रकारहरुको उपस्थिति रहेको थियो। भने गण्डकी प्रदेश सभा अर्थ समिति सभापति माननीय भोजराज आर्याल , सहितको टोली रहेको थियो ।