रामपुर बचत तथा ऋण सहकारीले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।आफ्नो १८ औ सस्था स्थापना दिवसको अवसरमा प्रतीक्षालय हस्तान्तरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय विहिबार स्थापना दिवसको अवसरमा हस्तान्तरण गरेको हो ।
प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा उद्घाटन गर्नु हुँदै रामतुलसी माबी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिशाल श्रेष्ठले विद्यालय प्रति संस्थाले देखाएको सद्भावका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले प्रतिक्षालयले विद्यालयमा आउनुहुने अभिभावक संगै विद्याथी र शिक्षकहरुको लागि महत्वपूर्णटेवा पुग्ने बताउनुभयो । रामपुर साकोसका अध्यक्ष गुरु प्रसाद रेग्मीले ६ लाख ६२ हजार ४४० रुपैयाँको लागतमा प्रतिक्षालय तयार भएको बताउनुभयो । सहकारीले १ लाख ५० रुपैयाँ विनियोजन गरेको थियो । प्रतिक्षालयको लागि आवश्यक काठ राम्चे सामुदायिक वन, गावु डाँडा सामुदायिक वन र सालबोटे सामुदायिक वनले सहयोग गरेको थियो । नगद खर्च १ लाख ८२ हजार ९६० लागेको थियो । अपुग रकम विभिन्न व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु सहयोग मार्फत व्यवस्था गरिएको रेग्मीले जानकारी दिनुभयो ।




