पोते माला तथा चुरा बनाउने तालिम सम्पन्न

बोली खबर   २०८२-०२-०४

“सुखी समृद्ध , सुसंस्कृत शहर , समुन्नत रामपुर , हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा १३ दिने महिलाहरुको आर्थिक स्तर सुधारका लागि हस्तकलाका सामाग्री निर्माण ( पोते माला तथा चुरा बनाउने ) सम्बन्धि तालिम कार्यक्रम आज सम्पन्न भएको छ।

सिपमुलक तालिम सन्चालन समितीको अध्यक्ष साबित्रा गैरेको अध्यक्षता र रामपुर नगरपालिका उप-प्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले रामपुर नगरपालिका द्वारा दिइएका हरेक तालिम केवल तालिममा मात्रै सिमित भएका थिए तर यस्पालीको तालीम व्यावसायिक होस् र महिला हरुको आयआर्जनको श्रोत बनोस भनेर यो हस्तकला तालिम प्रदान गरिएको हो। महिलाको शृङारको सामान बजारमा अलि बढी बिक्रि हुने भएको र आवस्यक पनि भएका कारणले यी सामान हरु बाहिरबाट ल्याउन नपरोस र यहीँको स्थानीय उत्पादन लाई नै प्राथमिकता मिलोस । तालिम लिएका दिदिबहिनी हरुले चुरापोते, माला उत्पादन गर्ने सामान सहभागी हरुले आफै ब्यबस्था गरि तयार गर्नुभए रामपुर नगरपालिकाको उप- प्रमुख कोशेली घरबाट बजारिकरण गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।

१३ दिन सम्म चलेको तालिमको सहजीकरण सजना नकर्मी र कृपा नकर्मीले गर्नु भएको थियो । नगरपालिका भित्रका १० वटै वडाका ४० जना सहभागी महिला दिदिबहिनीहरुले पोते माला चुरा औँठी बनाउन सिकेका छन्।५ वटा समुहमा बिभाजन गरेर प्रदान गरिएको तालिममा सहभागिका तर्फबाट आफ्ना अनुभव हरु सुकमाया श्रेष्ठ,, शोभा खनाल ,ओमकला कुमाल, होमकला जिटी, बिस्णु सुनारले आफुहरु घरधन्दामा मात्रै सिमित नरहेर अब आयमुलक काममा लागि आफुलाइ चाहिने खर्च आफू जुटाउन सक्ने हुनेछौं , यस हस्तकला तालिम हाम्रो लागि व्यावसायिक मार्गमा हिड्ने बाटो साबित भएको छ , यहि बाटोमा हिडेर हामी महिला आत्मनिर्भर हुनेछौं र आगामी दिनमा हामिले तालिमबाट सिकेर तयार पारेका सामान बजारिकरण गर्नका लागि रामपुर नगरपालिकाले ब्यबस्थापन गर्नेछ भन्ने अपेक्षा व्यक्त गर्नुभएको थियो।

सिपमुलक तालिम सन्चालन समितिका उपाध्यक्ष लक्ष्मी ढकालको स्वागत बाट सुरु भएको समापन कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष दुर्गा पोख्रेल ,रामपुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष दामोदर पाठक , कार्यपालिका सदस्य दुर्गा देवि भण्डारीले महिला हरु पनि व्यावसायिक बन्न सकुन भन्ने शुभकामना दिनुभएको थियो।

सिपमुलक तालिम सन्चालन समितिको सचीव इस्वरी देवि खनालले धन्यवाद दिनुभएको कार्यक्रमको सन्चालन महिला तथा बालबालिका बिकास रामपुर शाखा प्रमुख पुजा परियारले गर्नुभएको थियो।