
पाल्पा । जापानी नागरिक वरिष्ठ समाजसेवी श्री काजुमासा काकिमी(ओके बाजे)नागरिक अभिनन्दन एवम् सम्मान कार्यक्रम २०८१ मा भएको आम्दानी र खर्चका विषयमा रामपुरमा एक कार्यक्रमका बिच आम्दानी खर्च सार्वजनिक गरिएको छ ।
२०८० चैत्र २४ गते पूर्वी पाल्पाका सयौं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मूल आयोजक समितिको संयोजक भिमविश्व भट्टराईको संयोजकत्वमा गठित समितिले २०८१ कार्तिक ३ गते ओकेबाजेलाई अभिनन्दन गर्ने निर्णय गरि कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर र ज्योतिपुञ्ज युवा क्लवको समन्वयमा कार्यक्रम सम्पन्न गरेको थियो ।
कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरको प्राङ्गणमा मुल समारोह समितिका संयोजक भिमपिश्व भट्टराईको अध्यक्षता र अभिनन्दित काजुमासा काकिमि ओकेबाजेको प्रमुख आतिथ्यतामा मूल समारोह समिति सदस्य,सचिवालय सदस्य,उपसमिति सदस्य,सरोकारवाला र पत्रकारहरुको उपस्थितिमा कूल २० लाख ८१ हजार १ सय ९६ आम्दानी रु १८ लाख २७ हजार २ सय ४३ खर्च भै जम्मा रु २ लाख ५३ हजार ९ सय ५३ बचत भएको खर्च विवरण भेलाले अनुमोदन गरेको छ ।
कार्यक्रममा बाजेद्वारा सम्पूर्ण संस्थाहरुलाई धन्यवाद सहितको प्रमाणपत्र फ्रेम सहित प्रदान गर्नुभएको कार्यक्रमको संचालन सचिव लेखनाथ शर्मा मरासिनिले गर्नुभएको थियो।