भम्बक युनाइटेड युथ क्लबद्वारा मिर्गौला पीडितलाई राहत सहयोग

बाेलीखबर   २०८२-०२-०५

पाल्पा । भम्बक युनाइटेड युथ क्लब रामपुर पाल्पाद्वारा मिर्गौला पीडितलाई राहत हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष बालकृष्ण कुमालले मिर्गौला पीडित मन कुमारी कुमाललाई उपचारमा थप राहत मिलोस भन्ने उदेश्यले नगद सहयोग गरेको हो ।

२९ बषिेया मन कुमारी कुमाल केही बर्ष देखि दुबै मिर्गौलाले काम गर्न नसके पछि उपचार गर्दै आउनु भएको छ ।

श्रीमान दैनिक ज्याला मजदुरी तथा परम्परागत भाडा बनाउने काम गर्ने भएकाले घरमा आर्थिक समस्या भएको क्लबका अध्यक्ष बाल कृष्ण कुमालले बताउनु भयो ।

मृगौला पीडित कुमाललाई सहयोगीदाताहरुलाई सकेको सहयोग गरिदिनुहुन क्लबले आग्रह गरेको क्लबका सल्लाहकार गोबिन्द रानाले बताउनु भयो ।