अखिल नेपाल किसान महासंघ रम्भाले किसानको माग रम्भा गाउँपालीकामा पेश

बोली खबर   २०८२-०२-०६

अखिल नेपाल किसान महासघ रम्भाले किसानको माग रम्भा गाउँपालीकामा पेस गरेको छ ।अखिल नेपाल किसान महासंघ केन्द्रिय कमिटी सदस्य केदार प्रसाद बस्यालको नेतृत्वमा जिल्ला कमिटी पाल्पा सदस्य गिरि राज बस्याल लुम्बिनी प्रदेश महीला किसान सघ अध्यक्ष सर्मिला आचार्य , नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कुबिजा बस्याल , अखिलनेपाल किसान महासघ स्याङ्जा जिल्ला अध्यक्ष रोमलाला कडेल लगायतको पालिका स्तरका किसान नेता हरुको उपस्थितिमा माग पेस गरिएको हो ।

समग्र कृषि र कृषकको हक अधिकार सहित कृषिको बिकासका माग राख्दै ४० बुदे माग पेस गरेको छ । मागमा मल बीउ लगायत आवश्यक पर्ने कृषि सामाग्री किसानको घरदैलोमा उपलब्ध गराउने व्यवस्था गरीओस ।
कुल बजेटको कुल १५ प्रतिशत बजेट कृषि र कृषकको हकमा छुट्याउनु पर्ने , रासायनिक मलको विकल्प आर्गनिक मल , प्राङ्गारीक मल उत्पादनमा जोड दिनु पर्ने माग राखिएको छ ।