रामपुरमा इ भि फास्ट चार्जिङ्ग स्टेसन सुरु भएको छ । पाल्पा रामपुरका युवा व्यावसायी बिशाल श्रेष्ठ (अशोक) र चन्द्र कुमार श्रेष्ठले बढ्दो वैद्युतिय गाडीको प्रयोगलाइ मध्य नजर गर्दै सुरु गरेका हुन ।
रामपुरका युवा व्यावसायीले करीब १० लाख को लगानिमा सन्चालनमा विद्युतिय गाडि चार्ज स्टेसन सुरु गरीएको हो । कुनै पनि मुलुकको चौतर्फी समुन्नतिको लागि यातायात क्षेत्रको अहम् भूमिका खेलेको हुन्छ। नेपाल जस्तो विकासोन्मुख राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरणमा यसको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ।
४० किलोवाट क्षमता भएको हाल दैनिक ५÷७ वटा गाडी चार्ज भैरहेको सन्चालक विशाल श्रेष्ठले बताउनु भएको छ । हाल तानसेन बुटवल नारनघाट बाट कालीगण्डकी करीडोर बाट हिड्ने गाडिहरु चार्ज हुने गर्दछन । बेझाड बजार प्याटोल पम्म अगाडि होटल सङ्गम को आडैमा विद्युतिय चार्ज स्टेशन रहेको छ ।
एस .के टुल एण्ड ट्रावलबाट २ वटा विद्युतिय सवारी साधान बाट सेवा प्रवाह गरीरहेको छ । भने हाल रामपुर आसपास करिव १० वटा विद्युतिय गाडि हाल रहेका छन् ।
लामो समयदेखि समग्र यातायात प्रणालीको दिगो रुपमा विकास गर्नु अपरिहार्य छ । नेपालमा विद्युतीय सवारी साधनको व्यापक अवलम्बनले यस्तो आवश्यकतालाई परिपूर्ति गर्ने दिशामा ठूलो योगदान दिनसक्छ ।
यसको मुख्य कारण भनेको यस्ता सवारी साधन खनिज इन्धनबाट चल्ने गाडीहरुको तुलनामा वातावरणीय एवं आर्थिक दृष्टिकोणले उपयुक्त हुनु हो ।
नेपाली विद्युतीय सवारी साधनको बजार विस्तार हुने क्रममा छ । यसको श्रेय आम उपभोक्ताको हरित प्रविधिको महत्व प्रति बढ्दो सचेतना अतिरिक्त राज्य एवं निजी क्षेत्रले विद्युतीय सवारी साधन प्रवर्धन सम्बन्धी पहलहरुलाई जान्छ।
बढी भन्दा बढी ग्राहकहरु ब्याट्रीबाट चल्ने गाडीहरुप्रति आकर्षित भइरहेको पाइन्छ। किनकि यिनीहरुमा संचालन र मर्मत खर्च निकै कम हुनुको साथै आकर्षक, आरामदायी र अन्य उच्च प्राविधिक विशेषताहरुले सम्पन्न छन् ।
झन्झटरहित एवं आरामदायी यात्राको पर्याप्त खुल्ला ठाउँ भए यी सेडान मोडेलका गाडीहरु आकर्षक साथै सुरक्षा सम्बन्धी उत्कृष्ट विशेषताहरुले पनि सम्पन्न हुन्छन् ।
यस कारणले आम यात्रुहरुको अतिरिक्त विदेशी पर्यटकहरुले निश्चय नै प्रदुषणमुक्त, गुणस्तरीय एवं सुरक्षित यात्राको अनुभव गर्नेछन् । उदाहरणको लागि विद्युतीय गाडीको व्यापक प्रयोगले वार्षिक देशको डेढ खर्ब रुपैयाँ बराबरको खनिज इन्धनको आयातमा कमी विस्तारै प्रतिस्थापन गर्न सक्छ ।
यसो हुनु भनेको अर्थतन्त्रको मुख्य समस्याको रुपमा रहेको बढ्दो व्यापार घाटामा न्यून भई आर्थिक सन्तुलन हासिल गर्नु हो । चीन, भारत र युरोपेली देशहरूद्वारा सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नहुने घोषणा भइसकेकोछ ।



