न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान तथा निस्सा वितरण कार्यक्रम

बोली खबर   २०८२-०२-१४


प्रेमबहादुर बाकाबल सहलकोट,
२०८२जेष्ठ १३ गते, निस्दी २ सहलकोटमा न्युनतम रोजगार प्राप्त गर्ने श्रमिकहरुका लागि सम्मान तथा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यवाहक अध्यक्ष टेकबहादुर चुहान अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना नेपाल सरकार भुमि समस्या समाधान आयोग पाल्पा सदस्य देविलाल लामिछाने रहनुभएको हो।
मुख्य पाहुना लामिछानेले कार्यक्रमको उदघाटन गर्नुहुदै सत्यतथ्य मा आधारित रहि जग्गा वितरण हुने बताउनुभयो । उहाँले हाल नेपालमा कुल ११लाख सुकुम्बासी तथा अव्यवस्थित जग्गा रहेको र पाल्पामा ९ हजार रहेको जानकारी दिनुभयो । साथै २२ गतेसम्म निस्सा वितरण गर्ने र ३५ दिने सूचना प्रकाशन गर्ने र छुटेका हरुलाइ पुन निस्सा वितरण गर्ने बताउनुभयो ।
निस्दी गाउँ पालिका बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले भुमिहिन व्यक्तिहरुलाइ निस्सा प्रदान गर्नु भनेको आयोगले एउटा चरण पूरा गरेको बताउनुभयो । साथै श्रम ठुलो सानो नहुने र श्रमको सम्मान गर्दै प्रधानमन्त्री स्वोरोजगार कार्यक्रममा सम्मिलित श्रमिकहरुलाइ सम्मान गरेकोमा निस्दी गाउँ पालिकालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा वडा नम्बर २ सहलकोटका नौ जना श्रमिकहरुलाइ सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो। साथै वडा नम्बर २ सहलकोटका सैतीस जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो।
कार्यपालिका सदस्य खुमिसरा पुलामिको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन निस्दी गाउँ पालिका रोजगार शाखा प्रमुख हरि बहादुर आलेले गर्नुभएको हो।