रामपुर पाल्पा –
१६औं पाल्पा जिल्ला स्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि तानसेनमा सुरु भएको छ। पाँच वटा खेल अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५४ वटा गोल्ड मेडलका लागि भिडन्त हुने आयोजकले जनाएका छन्।
प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ। यसपटकको शिल्ड प्रतियोगितामा रामपुर नगरपालिकाबाट ९६ जना विद्यार्थीहरू सहभागी भएका छन्। उनीहरूलाई आज बिहान एक विशेष कार्यक्रमकाबीच नगरप्रमुख रमण बहादुर थापाले टीका, आशिर्वाद र शुभकामना दिँदै बिदाइ गरेका थिए।
खेलमार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास प्रतियोगिता आयोजकले व्यक्त गरेका छन्। जिल्लाभरिका पालिकाबाट सहभागिता रहने यस प्रतियोगिता पाल्पा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा सम्पन्न हुँदैछ।



