रामपुर पाल्पामा डाइबेटिक रेटीनोप्याथी स्क्रिनिङ शिविर सम्पन्न, ९१ जना बिरामी लाभान्वित

बोली खबर   २०८२-०२-२१

पाल्पा, जेठ १९ – कालीगण्डकी आंखा उपचार तथा सर्जिकल सेन्टर, रामपुर-पाल्पामा एक दिने डाइबेटिक रेटीनोप्याथी स्क्रिनिङ शिविर सम्पन्न भएको छ। लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, भैरहवा र सेवा फाउण्डेसनको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा मधुमेह भएका ९१ जना बिरामीहरूलाई सेवा प्रदान गरिएको थियो।

शिविरमा सहभागी बिरामीहरूको रक्त परीक्षण तथा आँखा जाँच गरिएको थियो। तीमध्ये ११ जनालाई थप उपचारका लागि भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानमा रिफर गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा रेटिना रोग विशेषज्ञ डा. सबिता ढकाल, LEIRC का Outreach Officer संजीव अधिकारी, Investigator महेश अर्याल, रमेश बज्राचार्य लगायतको सक्रिय सहभागिता रहेको थियो।

कालीगण्डकी आंखा उपचार तथा सर्जिकल सेन्टर परिवारले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण टोलीलाई विशेष धन्यवाद प्रकट गरेको छ।