रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ, पाल्पाको समन्वयमा २०८२ साल जेठ १५ देखि १७ गतेसम्म कास्की जिल्लाको मादी गाउँपालिका तथा पोखरास्थित फेवा ताल र रुपा ताल क्षेत्रको तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त भ्रमणमा २५ जनाको पत्रकार टोलीले सहभागिता जनाएको थियो।
यात्रा आरम्भ ः जेठ १५ गते
भ्रमणको पहिलो दिन, पाल्पाबाट बिहानै उत्साहका साथ प्रस्थान गरिएको थियो। पाल्पा तानसेन वाट हिडेको टोली रामपुर आईपुगेपछि हामी सगँेै लाग्यौ प्राकृतिक छटाले भरिएको यात्रा कास्कीको मादी गाउँपालिका सिक्लेस तर्फ । ताप्राक मादिमा पुगेर खाजा खायौै पानि र्पला जस्तो गरिरहेको मौसम थियो भने बाटो कच्ची रहेकोले कतै गाडि फस्दै निकाल्दै गरेर हामी सिक्लेस राती मात्र पुग्यौ । समयमा पुग्न नसकेकोले रातीमा प्रकृति सगँ साईनो गास्न सकेनौ । हाम्रो यात्रा रोचक थियो, वसमा गाउदै नाच्दै रमाउदै सिक्लेस पुगेपछि हामी गर्मी ठाउँवाट गएकाले त्यहाँको सितलताले मनलाइ सितल पवनमा उडाइ रहेको थियो ।
मादीको हरियाली, स्वच्छ हावा र स्थानीय बासिन्दाको आत्मीय स्वागतले टोलीका सदस्यहरूलाई तुरुन्तै आकर्षित गर्यो । केहिवेर त्यहाँको माओल सगँ रमाउदै करिव १२ बजे विश्राम गर्याै ।
मादी क्षेत्रमा सञ्चालित सामुदायिक विकास परियोजना, कृषि प्रणाली र स्थानीय सञ्चारको अवस्था सम्बन्धी स्थलगत अध्ययन गरियो। स्थानीयहरु सङ्ग छलफल गर्दै पत्रकारहरूले ग्रामीण क्षेत्रको सम्भावना चुनौती र अवसरबारे ज्ञान हासिल सगैँ हामी विहानमा प्रकृति सगँ रमाउन सिक्लेसको डाडामा पुग्यौ र फोटो खिच्दै रमाउदै हिमाल लम्जुङ्ग हिमाल र अन्नपुर्ण दोस्रो हिमाललाई नजीक वाट नियाल्यौ करिव साढे दश तिर हामी खाजा खाएर पोखराका लागी गुन्टा कस्यौ ।।
भ्रमणको दोस्रो दिन टोलीले चीप्ली मादिमा खाना खाई पोखराको प्रसिद्ध फेवा ताल नजीक रहेको होटलमा झोला विसायौ अनि फ्रेस भै तालिम केहि सिकाई र अनुभव आदान प्रदानमा लाग्यौ । पछिल्लो समय वढ्दो कृतिमता सगँै आएका प्रविधि सगँ जुध्ने विषयमा जानकारि लियौ । हामि प्रशिक्षकको रुपमा कास्कीका पुराना वरिष्ठ पत्रकार भरत कोइराला र नेपाली मिडीया नेटर्वकका जिवन भण्डारि जोडिनु भएको थियो ।
यात्रा निकै रोचक हुदै फेवा ताल र रुपा ताल क्षेत्रको अध्ययन अवलोकन गर्यो्। ताल संरक्षण, पर्यावरणीय व्यवस्थापन र पर्यटन विकासबीचको सम्बन्धबारे जानकारी लिँदै पत्रकारहरूले वातावरणीय दृष्टिकोणबाट सामग्री संकलन गर्ने काम भयो । फेवा ताल क्षेत्रको पर्यटन पूर्वाधार, डुंगा व्यवसाय र होटल व्यवसायसँग प्रत्यक्ष अन्तक्र्रिया गर्दै टोलीले स्थानिय अर्थतन्त्रमा तालहरूको योगदानबारे बुझाइ गहिरीएर हेर्दैै हाम्रो क्षेत्रलाई पर्यटन सगँ जोड्ने सम्भावनाका विषयमा छलफल गरियो ।हामि फकेयौ ।
हामी रामपुर आई पुग्दा रामपुर नगरपालीकाका नगर प्रमुख रमण वहादुर थापा हामीलाइ स्वागत गर्न भन्दै रामपुर ६मा रहेको ज्याग्दी सामुदायीक पार्कमा बस्नु भएको रहेछ । उहाँसगँ रामपुरका विकास र सम्भावनाका विषयमा केहि वेर छलफल गरि हामी खाजा खाई वरी तानसेनको टोली इलेक्द्रीक गाडीमा पठायौ र हामी पनि घरमा आयौँ ।
निष्कर्ष र प्रतिबद्धता
तीन दिनको यात्रा केवल भौगोलिक यात्रा मात्र थिएन; यो पत्रकारिता, प्रकृति र समाजको अन्तरसम्बन्ध बुझ्ने अविस्मरणीय यात्रा थियो। पत्रकारहरूले विविध समुदाय, भौगोलिक स्वरूप र विकास प्रक्रियाबारे अध्ययन गर्दै समाचार लेखनका लागि नयाँ दृष्टिकोण हासिल गरेको अनुभव प्राप्त गरीएको छ ।
पत्रकारहरुको, भ्रमणमा प्राप्त अनुभवलाई आगामी दिनहरूमा तथ्यमा आधारित र जनमुखी पत्रकारिता गर्न प्रेरणाको स्रोत बनाउने प्रतिबद्धता व्यक्त गर्दछ। साथै, यस्ता अध्ययन भ्रमणहरूलाई निरन्तरता दिँदै देशका विविध क्षेत्रको सत्य, सुन्दरता र सम्भावनालाई उजागर गर्ने अभियानमा अघि बढ्ने विश्वास लिइएको छ।
यस भ्रमणलाई सफल बनाउन आर्थिक सहयोग गर्ने रामपुर नगरपालिकाप्रति महासंघ हार्दिक धन्यवाद प्रकट गर्दछ। अन्त्यमा यो सवै अवसरको चाजोपाजो मिलाउने दानु हिस्की मगर भाई , र्दुगेश मल्ल भाई र हामीलाई गाईड गरिरहने बासुदेव, माधबदाइ र मिलन दाई लागाएत सवैलाई धन्यवाद दिन चाहान्छु ।





