
रामपुर, पाल्पा — पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ मा करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको ‘स्केटजोन’ गत वर्षदेखि सञ्चालनमा आएको छ। एक बर्ष पुगेको उपलक्ष्यमा आज वार्षिक उत्सव मनाइएको छ ।स्केटजोनको उद्घाटन ९० वर्षीया प्रेमकुमारी श्रेष्ठले एक विशेष समारोहबीच गर्नु भएको छ। शुक्रबार आयोजना गरिएको वार्षिकोत्सबमा टिकट लीनेलाइ विशेष उपहारको व्यवस्था गरिएको थियो ।
ऋषिराम अर्याल, माधबी खनाल, सन्तोष पोखरेल, निर्मला अर्याल र चन्द्रकुमार श्रेष्ठको संयुक्त पहलमा सञ्चालनमा आएको यस स्केटजोनले स्थानीय तथा आसपासका युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै आएको छ। नियमित दिनमा यहाँ दैनिक २० देखि ३० जना युवाहरू स्केटिङ खेलमा संलग्न हुने गरेका छन् भने बिदाको समयमा यो संख्या २०० देखि ३०० सम्म पुग्ने गरेको सञ्चालकले जानकारी दिएका छन्।
सञ्चालकहरूको अनुसार स्केटजोनले बालबालिका, किशोरकिशोरी तथा युवाहरूको शारीरिक विकासका साथै सिर्जनात्मक क्षमताको विकासमा समेत टेवा पुर्याइरहेको छ। पाल्पा तथा आसपासका जिल्लामा यसप्रकारको स्केटजोन पहिलो भएको बताइएको छ।
स्थानीय तहको सहकार्य, निजी लगानी र युवाप्रतिको सकारात्मक सोचले जन्म दिएको यो स्केटजोनले भविष्यमा अझै व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

