रामपुर मित्याल जलुके सडक स्तर उन्नति: नवयुवाहरुको प्रदर्शन, पालिका अध्यक्षलाई ज्ञापन पत्र

बोली खबर   २०८२-०२-२८

पाल्पा । रामपुर देखि बेलडाडा ,मित्याल हुँदै अरुणखोला सडक जोड्ने प्रमुख सडकखण्डको स्तर उन्नति कार्य समयमै सम्पन्न नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयबासीहरुले पहिलो पटक संगठित रूपमा आवाज उठाएका छन्। निस्दी गाउँपालिकाका नवयुवाहरुले सडक निर्माणमा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका विरुद्ध प्रदर्शन र धर्ना कार्यक्रम गर्दै सम्बन्धित सरोकारवालाहरुलाई जवाफदेही बनाउन माग गरेका छन्।

निस्दी गाउँपालीकाको मुख्री पहुँच मार्गको रुपमा रहेको सडक बर्षौ देखि अलपत्र भए पछि युवहरुले पालीक कार्यालयमा धर्ना दिएका हुन ।

विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेका युवाहरुले धर्ना दिएको स्थानीयले जानकारी दिएका छन ।

आन्दोलनका क्रममा युवाहरुले निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई औपचारिक रूपमा ज्ञापन पत्रसमेत बुझाएका छन्। ज्ञापन पत्रमार्फत सडक स्तर उन्नति कार्य छिटो सम्पन्न गराउन माग गर्दै यदि तत्काल सम्बोधन नभएमा आन्दोलनलाई थप सशक्त बनाइने चेतावनीसमेत दिएका छन्।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष सारुले युवाहरुको आवाजप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै छिटोभन्दा छिटो समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनु भएको छ ।