तिलकपुर युनाईटेड क्लब रामपुर ६ पाल्पाले मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण

बोली खबर   २०८२-०३-०७

तिलकपुर युनाईटेड क्लब रामपुर ६ पाल्पाले मिर्गौला पीडितलाई  आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । शनिबार लामोसमयदेखि पिडित मनकुमारी कुमालको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उदेश्यले  संकलित नगद२लाख १४ हजार ८८८ रुपँैया  रकम हस्तान्तरण गरिएको हो ।  प्रकाश वि.क र कासीराम कुमालको सकृयतामा ४० हजार ३०० रुपैयाँ त्यसतै, प्रदिप विक छविराम कुमाल,रोशन कुमाल लगायतको सक्रियतामा  विदेशबाट नगद १ लाख १९ हजार ७ सय २३ रुपैयाँ त्यस्तै तिलकपुर युनाटेड क्लब तिलकपुरको सकृयतामा घरदैलो कार्यक्रममार्फत ५४ हजार ८ सय ६५ रकम उठेको थियो । त्यस्तै गरि भम्वक आमा समुहवाट ५ हजार रकम उठेको जानकारी गराईएको ििथयो । बैदेशिक रोजगारमा घरबाहिर रहेका युवाहरुले आफ्नो गाउँका मनकुमारि वचाउन सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेकी मनकुमारीको स्वास्थ्य उपचारमा  सघाउ पुर्याउने  उदेश्यले क्लबले मनकुमारी बचाउ अभियाननै सञ्चालन गरेर रमक संकलन गरेको थियो ।
 क्लबका अध्यक्ष उदयवहाहुर जिटिको अध्यक्षतामा  भएको कार्यक्रममा जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालको प्रमुख आतिथ्यतामा संकलित रकम हस्तानतरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले समाज रुपान्तरणमा तिलकपुर  युनाईटेड क्लबले  खेलेको सकरात्मक कार्यको प्रशंसा गर्दै मिर्गौला पिडित मनकुमारी को स्वास्थ लाभको कामना गर्नुभएको थियो । साथै उहाँले संकलित रकमले अन्यन्त्र कार्यमा खर्च नगरीकन   पिडकको स्वास्थय उपचारमा खर्च गर्नुपर्ने कुरा परिवारमा सुझाउनु भएको थियो ।
 र्पुव जनप्रतिनिधि हुमनाथ न्यौपानेले सामाजिक संस्कति संरक्षण तथा सामाजिक उत्तरदायित्व अन्र्तगत क्लबले खेलकुद, कला संरक्षण लगायत विविध विषयमा सकरात्मक कार्य गरेको बताउनुभयो । उहाँले क्लवले गरेको कामको प्रसंसा गर्दै मृगौला पिडितलाई स्वास्थ्य लाभको कामना गर्नू भएको छ ।