एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

बाेलीखबर   २०८२-०३-१३
फाइल तस्बिर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ ।

केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ साढे ५ बजेपछि रिजल्ट आउट गरिने बताउनु भयाे ।

योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो ।

यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

तस्बिरःफाइल