रामपुर नगरपालिकाको आयोजनामा नगरका १० वटै वडाहरुका मेलमिलाप कर्ताहरु र न्यायिक समितिलाई १ दिने न्यायिक समिती पल्स मेनिटरिङ्ग कार्यक्रम सम्पन्न भएको छ।
रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा न्यायिक समिति संयोजक बालकुमारी थापाको अध्यक्षता र पाल्पा जिल्ला न्यायाधीश दलबहादुर के .सि ओको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथी पाल्पा जिल्ला प्रमुख न्यायाधीश दलबहादुर के . सि ले आफ्ना नगरभित्र बाट आएका विभिन्न खाले उजुरी , मुद्दा दर्ता भैसकेपछी न्यायीक समितिले खेल्नुपर्ने भुमिका र अपनाउनुपर्ने नियमका बारेमा प्रकाश पार्दै नगरको न्यायिक समिती भित्र विवाद दर्ता देखि त्यससम्बन्धी छलफल र निरुपणका लागि आवस्यक कानुनी प्रक्रिया , बिधि सम्पुर्णका बारेमा प्रशिक्षणात्मक रुपमा आफ्ना भनाइ राख्नुभएको थियो।
रामपुर नगरपालिकाको न्यायीक समितिलाइ अत्याधिक उजुरी आउने भएकाले ती उजुरी उपर छलफल र समाधानका लागि नगर भित्रका मेलमिलाप कर्ताहरुले पनि आफ्ना वडामा बहस र छलफल गरि समाधान कानुनी दायराभित्र रहेर गर्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको का. वा नगर प्रमुख बालकुमारी थापाले जानकारी गराउनुभयो।
पाल्पा बारयसोसियसन उपाध्यक्ष , अधिवक्ता लाल कुमारी रानाले मेलमिलाप कर्ताले अपनाउनुपर्ने नियम , विवादउपर छलफल गर्दा चरणबद्ध तरिकाले पक्ष हरुलाइ बुझाइ उनिहरुका समस्या हरु प्रती चित्तबुझ्दो तरिकाले गोपनियता पुर्वक मेलमिलाप गराएर लैजानुपर्ने कुरा प्रशिक्षणात्मक रुपमा जानकारी गराउनु भएको थियो।
पाल्पा जिल्ला अदालत स्रेस्तेदार ( उपसचिव ) केशव पराजुलीले कार्यक्रममा आफ्नो प्रस्तुति अन्तर्गत उहाँले अदालतबाट न्याय दिदैगर्दा न्याय सम्बन्धि अदालत बाट प्रयोग हुने अधिकारहरु नेपाल संविधान २०७२का विभिन्न धाराहरु संक्षिप्त रुपमा बताउनुभयो।अदालत बाट हुने काम कामकारबाहि सम्बन्धि जानकारी समेत दिनुभएको थियो।
न्यायिक समिति सदस्य खेमराज अधिकारीको स्वागत बाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन नगर अधिवक्ता तथा रा. न. पा. वडा नं१ का वडाअध्यक्ष कपिल बहादुर खाँण गर्नुभएको थियो भने कार्यक्रम सन्चालन रामपुर नगरपालिका न्यायिक समिती सचीव पार्वती परियारले गर्नुभएको थियो।




