रामपुर वडा नं ४ मा जेष्ठ नागरिक स्नेह भेला कार्यक्रम आयोजना गरेर जेष्ठ नागरिकलाई सम्मान स्वरुप हरलेक्स बितरण गरेको छ । जेष्ठ नागरिककाके लागि वडाबाट विनियोजित रकमबाट उहाँहरुको सम्मान तथा स्नेह स्वरुप पौष्टिक आहार अन्र्तगत हरलेक्स वितरण गरिएको हो । ७५ बर्षदेखि माथिका १ सय ३ जनालाई जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी देवराज ढकाल,वडा नं ४ का वडाध्यक्ष रामबहादुर राना,जेष्ठ नागरिक संघ रामपुर वडा नं ४ का अभ्यक्ष यकबहादुर नेपाललीले प्रत्येक जेष्ठ नागगरिकलाई २÷२ वटा हरलेक्स बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि देवराज ढकालले जेष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले सहभागि जेष्ठ नागरिकहरुको र्दीघायूको कामना गर्दै संघले जिल्लाभरिको जेष्ठ सम्मानको लागि विभिन्न वडा तथा नगरमा समिति गठन गरेर अघि बढाउन थालेको बताउनुभयो । आयोजित स्नेह भेला कार्यक्रममा ढकालले जेष्ठ नागरिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यधmममा बोल्नुहुदैँ वडा नं ४ का वडाध्यक्ष रामबहादुर रानाले वडाले आवश्यक बजेटनै बिनियोजन गरी जेष्ठ स्नेह भेला आयोजना गरेको बताउनुभयो । वडाबाट जेष्ठ नागरिकलाई उपलब्ध सेवासुविधाबारे बताउदैँ जेष्ठको सम्मानमा वडा सदैव अघि बढ्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा वडा नं ४ ईन्चार्ज टेकबहादुर क्षेत्री,नेपाली काँग्रेस वडा नं ४ सभापति विष्णु जि.सी,भिमसेन टोलविकास संस्थाका अध्यक्ष क्यापटेन धनबहादुर श्रेष्ठ,जेष्ठ नागरिक संघ रामपुर नगर सचिव र्तीथराज ढुङ्खगाना,वडा नं ४का वडा सदस्य मोहनसीँ राना लगायतले सहभागी जेष्ठहरुको स्वास्थ्य कुशलताको कामनासँगै उहाँहरुको संरक्षण र सम्मानमा सबैले ध्यान दिनुपर्ने बताउँदै वडाले जेष्ठ नागरिकका लागि गरेको नविनत्तम कार्यको प्रशंसा गर्नुभएको थियो । देविस्थान आधारभुत स्वास्थय चौकी प्रमुख विष्णु परियारले वृद्ध अवस्थामा लाग्ने रोगहरुका बारेमा जानकारी गराउनुभएको थियो । जेष्ठ नागरिक संघ वडा नं ४का अध्यक्ष यकबहादुर नेपालीको अध्यक्षता एवं जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रममा आयोजना गरिएको थियो । जेष्ठ नागरिक संघ वडा नं का उपाध्यक्ष आईसा मियाको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा नं ४ संघका सचिव प्रेमबहादुर पोख्रेलले गर्नुभएको थियो ।





