रामतुलसी माबिले एसईई मा उत्कृष्ट नतिजा ल्याए सङ्गै खुशी साटासाट

  २०८२-०३-१५

माध्यमिक शिक्षा परिक्षा एसईई मा २ विद्यार्थीले ४ जिपिए ल्याएको रामतुलसी नमुना माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानसहित खुशियाली साटासाट गरेको छ । जिल्लाकै नमुना माध्यमिक विद्यालय रामतुलसी माविले गत एसईई परीक्षा २०८१ मा २ विद्यार्थी ४ जिपिए सहित ३३ जनाले ए प्लस ल्याएका छन ।

सोही अवसरमा आईतबार बिद्यालय परिसरमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई मायाको चिनोसँगै बधाई तथा शुभकामना दिइएको छ । शुभकामना दिने क्रममा र्याली निकालीएको छ । र्याली पञ्चेबाजा बजाएर बेझाँड बजार, सानिअमराइ ,कालीगण्डकी करीडोर, कान्जिहाउस , खप्टार, बाङ्गेपसल हुँदै प्रहरी कार्यालय निस्किएर विद्यालय प्राङ्गणमा पुगेको हो । यश बर्ष विद्यालयले ३७ जना ए,३३ जनाले बी प्लस ,२५ जना बी, एकजना सी प्लस गरी १ सय २९ जना विद्यार्थी एसईई परीक्षा उर्तीण बनाउन सफल भएको हो । बिद्यालयबाट १ सय ८८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

खुशी साटासाट गर्ने क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ बोल्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकाना दिनु भएको छ । उहाँले थप उज्जवल भविष्यको कामना गर्नु हुँदै मेहनत गर्नु हुने सबैलाइ धन्यवाद दिनु भएको छ ।

विद्यालयका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले विद्यार्थी अभिभावक र शिक्षकको सबैको मिहिनेतले बिद्यालयको गरिमा उच्च बनाएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । उपस्थित विद्यार्थी ,अभिभावक र शिक्षकलाइ विद्यालय व्यवस्थापन समिती पुर्ब अध्यक्ष शेषकान्त भट्टराईल , अभिभावक संघका अध्यक्ष महेस पौडेल ,लगाएतले शुभकामना दिनु भएको थियोे । विद्यालय परीसरमा विद्यार्थी, अभिभावक , सन्चालक समिति शुभचिन्तक सबैको उपस्थिति रहेको छ ।