संगित पाठशाला सन्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले यज्ञ हुदै

बोली खबर   २०८२-०३-१५

असार १४ रामपुर पाल्पामा श्रीमद्भागवत महायज्ञ तथा शिवपुराण श्रावणी महोत्सव २०८२ हुने भएको छ। रामपुर नगरपालिका – ६ प्याक्लुक पुर्बटारमा भएको बृहत भेलाले आगामी श्रावण १२ देखि श्रावण ३१ गतेसम्म धार्मिक महोत्सव आयोजना गर्न लागेकाे हाे। पाल्पा जिल्लालाइ वैदिक कला संगित हवकाे रूपमा बिकास गर्ने उदेश्यले साे धार्मिक कार्यक्रम आयोजना गरिएको हो। रामपुर भजनकृतन मण्डलीका अध्यक्ष टिकाराम ढकालका अनुसार रामपुर पाल्पामा दिर्घकालसम्म प्रयोगमा ल्याउने गरि संगित सिकाउने व्यवस्थाका निम्ति संगित पाठशाला सचालन गर्न सहयोग पुर्याउने उद्देश्यले यज्ञ गर्न लागिएको जानकारी दिनुभयो ।

शनिबार पुर्वटारमा बसेकाे सराेकारवाला ,बुद्धिजिविहरुको भेलाले यज्ञलाइ सफल पार्नका लागि कृष्ण प्रसाद अर्याल अध्यक्ष रहेको महोत्सव मूल आयोजक समिति चयन गरेकाे छ । भेलाले समिति उपाध्यक्षमा केशव राज पोखरेल ,लक्ष्मी ढकाल,सचिवमा पुरुषाेत्तम ढकाल, लेखनाथ शर्मा मरासिनी,सह सचिवमा पार्वती न्यौपाने र कोषाध्यक्षमा दुर्गा देवि आचार्यलाई चयन गरेको छ । भेलाले १ सय १ मुल आयोजक समिती तथा विभिन्न उपसमिति बनाएको छ ।धार्मिक महोत्सवको लागि देवराज ढकालकाे संयाेजकत्वमा सल्लाहकार समिति ,हरिप्रसाद खनालकाे संयाेजकत्वमा यज्ञ व्यवस्थापन उपसमिति ,रामप्रसाद भट्टराईको संयाेजकत्वमा भान्सा व्यवस्थापन उप समिति ,कृष्णप्रसाद वाग्लेकाे संयाेजकत्वमाअतिथि सत्कार उपसमिति,लेखनाथ शर्मा मरासिनीकाे संयाेकत्वमा प्रचारप्रसार उपसमिति ,श्रीकुमार पौडेलको संयाेजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति बनाइएको छ । त्यस्तै कमल ढकालकाे संयाेजकत्वमा सांस्कृतिक तथा कलाकार व्यवस्थापन ,विष्णु सुनार संयाेजकत्वमा मन्च व्यवस्थापन ,सुदनप्रकाश रेग्मिको संयाेजकत्वमा प्रसादी वितरण ,तोयानाथ ढकालकाे संयाेजकत्वमा पुजापाठ व्यवस्थापन ,बृहस्पति अर्यालको संयाेजकत्वमा खानेपानी व्यवस्थापन ,शिवप्रसाद भट्टराई संयाेजकत्वमा सरसफाइ उपसमिति तथा रामप्रसाद ढकालकाे संयाेजकत्वमा कार्यक्रम संचालन उपसमिति चयन गरिएको छ । कार्यक्रमकाे संचालन लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । यज्ञमा पंण्डित नेत्र प्रसाद पराजुलीले कथा प्रवचन गर्नुहुने छ ।