एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०३-१७


रामपुर, पाल्पा —
रामपुर नगरपालिका वडा नं ४ द्वारा आयोजित ‘एसईई उत्तीर्ण विद्यार्थी बधाई, सम्मान तथा शुभकामना कार्यक्रम’ सोमबार सम्पन्न भएको छ। वडाबाट यस वर्ष एसईई उत्तीर्ण गरेका ७६ जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष रामबहादुर रानाले विद्यार्थीलाइ नगद भन्दा पनि प्रमाणपत्र र सम्मानको महत्व ठूलो हुने बताउँदै भन्नुभयो, उहाँले“विद्यार्थीहरूलाई हाम्रो वडाको बौद्धिक सम्पत्ति भन्दै पढाइमा अझ उत्कृष्टता हासिल गर्दै समाज रुपान्तरणमा लाग्नुहोस्, शुभकामना छ।” भन्नू भएको छ ।

कार्यक्रमको प्रारम्भ वडा सदस्य सिमा रानाको स्वागत मन्तव्यबाट भएको थियो। रामतुलसी मा.वि.का प्रधानाध्यापक बालकृष्ण लम्सालले शुभकामना दिदै उज्वल भबिस्यको कामना सहित छात्रवृत्तिको प्रक्रिया स्पष्ट पार्दै , “रामतुलसी माविमा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय साथै होटल म्यानेजमेन्ट सुरु भएको बताउदै यहाँ उपलब्ध भएका बिषय यहाँनै अध्ययन गर्न आग्रह गर्नु। भएको छ ”

रामपुर अङ्ग्रेजी आवासीय मा.वि. व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीले विद्यार्थीलाई निरन्तर परिश्रम गर्न प्रेरित गर्दै भन्नुभयो, “ईमान्दार मेहनतको फल अवश्य पाइन्छ, आशा छ तपाईंहरू उत्कृष्ट नागरिक बन्नुहुनेछ।” भन्नू भएको छ ।शिक्षा नै समृद्ध समाजको आधार हो, यो सम्मानले तपाईंहरूलाई अझ अगाडि बढ्न प्रेरणा देओस्।”भन्दै शुभकामना दिनु भएको छ ।

सिताराम माविका प्रधानाध्यापक हरीप्रसाद अधिकारीले भने, “एसईई पास गर्नु एउटा खुसीको सुरुवात मात्र हो, असली चुनौती त अब सुरु हुन्छ।” निरन्तर मेहनत गरेर अध्यन गर्न आग्रह गर्नु भएको छ।

शिक्षक लेखनाथ शर्मा मरासिनीले,समाजसेवी विष्णु प्रसाद आचार्यले विद्यार्थीलाइ ,टोल विकास संस्था तर्फबाट मोहनसिंह थापा,युथ युनियन क्लब अध्यक्ष कमल राना अभिभावक प्रतिनिधि बाबुराम श्रेष्ठ,कमला थापा लगायतले आफ्ना भनाइ राख्नु भएको थियो

विद्यार्थी प्रतिनिधि सोनु श्रेष्ठ र सुदिया थापाले बोल्दै , “हामीलाई सम्मान गरिदिनु भएकोमा सबैलाई धन्यवाद, अझ मेहनत गर्ने प्रेरणा पाएका छौं।”
“पढाइमा मात्र होइन, व्यवहारमा पनि असल बन्ने प्रण गर्छौं।” भन्नू भएको छ ।

कार्यक्रममा वडा सदस्य कमला रुचालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सञ्चालन मोहनसिंह रानाले गर्नुभएको यो कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरित बनाएको सहभागीहरूले बताएका छन्। ।