
पाल्पा । रामपुर नगरपालिका–५ बेझाँड बजार स्थित इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बेझाँड बजार सञ्चालनमा रहेको दाजुभाई इलेक्ट्रोनिक्सको हुलाकटोल नजिकै गोदाममा आगलागी भएको हो ।
बुधबार दिउँसो साढे १ बजेको समयमा गोदाममा एक्कासी आगोलागेको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए । आगो रामपुर नगरपालिकाको दमकलको सहयोगमा स्थानीय, प्रहरी र नगर प्रहरीले झण्डै एक घण्टा पश्चात पूर्णरुपमा नियन्त्रणमा लिएको छ । आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएको एसी, कुलर, फ्रिज, वासिङ्ग मेसिन लगाएतका इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएकोइलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो ।
दाजुभाई इलेक्ट्रोनिक्स युवा व्यवसायी सुरेश रायमाझी (राजु) ले बेझाँड बजारमा सञ्चालन गर्दै आउनु भएको छ । विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।