विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिलो पुर्जा बितरण रामपुरबाट शुरु गरेको छ । नापी बिभागले गत २०७२ देखि कार्यालय स्थापना गरि बिशेष नापीको काम शुरु गरेको थियो ।
पहिलो चरणमा रामपुर नगरपालिका वडा न ५ बाट एक कार्यक्रम गरि पुर्जा बितरणको काम शुरु गरिएको हो ।
विहिबार १५ जना नागरिकलाई जग्ग्गा धनी पुर्जा बितरण गर्दै भुमी व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्रि बलराम अधिकारीले जग्गाको मालिक बनाउने काम विशेष नापीले गरेको बताउनुभयो । एकातर्फ पुर्जा पाउनु अर्कोतर्फ राष्ट्रले नियमित राजस्व बुझ्ने कुरा पनि हो, मन्त्री अधिकारीले भन्नुभयो( नियमित राजश्वले देशको विकासमा टेवा पुग्छ । उहाँले रामपुरमा २र३ हजारको हाराहारीमा अव्यबस्थित जग्गा रहेको भन्दै यो प्रक्रियासम्म आउन स्थानीय तह जिल्ला कार्यालय र केन्द्रले काम गरेर नै सम्भव भएको बताउनुभयो । यस अघि वितरण भएको अव्यवस्थीति पुर्जा लिएको १० बर्षसम्म बेच्न नपाउने नियम पुर्जा आउनुको पछाडि पनि कारणहरु छन् भन्दै उहाँले लालपुर्जा नलिदै एकदेखि २र३ जनालाई बेचिने लगायतको समस्याले हो भन्नु भएको छ । यसले बैंकमा राख्न समस्या होला तर आफ्नो हातमा पुर्जा हुनु सकारात्मक लिनुपर्ने बताउनुभयो ।
उहाँले फरक प्रसङ्गमा लोकतन्त्रमाथि कुठाराघात गर्नेहरु सल्बलाईरहेको बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र ठिक छैन भन्ने भाष्य सिर्जना गरिरहेको छन् र जनताले बनाएर अगाडि बढिरहेका छौं नमिलेका ऐन कानुनहरुलाई मिलाउने गरी सरकार अगाडि बढेको छ।
हामी जसले यो गणतन्त्रलाई रक्षा गर्न सरकार बनेको छ। सरकार हिजोका दिनमा सहकार्य पुरा अवधि सञ्चालन गर्ने गरी बनेको छ । त्यसकारण म अनुरोध गर्न चाहन्छु तपाईं हामीले जनताले कामलाई सम्पन्न गर्ने गरियो भने यो गणतन्त्रप्रति विश्वास जाग्छ र हाम्रा समस्याहरु समाधान हुन्छन् जनताका अधिकारहरु कार्यान्वयन हुन्छन् भन्ने कुरा राख्न चाहन्छु भन्नू भएको छ। स्थानीय तहको जनप्रतिनिधिको उपस्थिती नभएको भन्दै मन्त्री अधिकारीले अब जनप्रतिनिधिलाई नचाहिएको हो भन्दै जनतालाई आधारमा राखी हामी एउटा पोलिसी बनाउँछौं कार्यान्वयन गर्न स्थानीय तह नै सकृय हुनु पर्न्ने बताउनु भएको छ ।
एक फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय सहकारीका समस्या बढ्दै गएकोले जहाँ दर्ता हुन्छन त्यही बाट अनुगमन निगरानी गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले सहकारीहरू मर्ज गरेर एउटा बनाउने र आफ्ना काम कर्तव्य अधिकार बारे स्पष्ट हुनु पर्ने भन्दै व्यवसाय गर्न आर्थिक उन्नति गर्ने सहकारीमध्ये राम्रो काम गर्ने सहकारी लाई प्रोत्साहन र खराब काम गर्नेलाई कारबाही गरेर अनियमितता हुन नसकोस् भन्ने मान्यताको आधारमा नियम कानुनहरु बनाईएको बताउनु भएको छ ।
प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले पुर्जा दिने बिषयमा छ्लफल भएर लाग्ने कुरामा प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभयो । उहाँले वढ्दो शहरीकरण भैरहेको क्षेत्र रामपुर पाल्पामै महगों क्षेत्र रहेकोले यहि क्षेत्रवाट पुर्जा वितरण सुरु गरिएको जानकारी गराउनु भएको छ । पछिल्लो समय काली गण्डकी करीडोरका कारण पनि उदाउदो शहर रामपुरको विकासमा सधै ऐकेवद्धताका साथ लाग्ने बाताउनु भएको हो ।
प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले अव्यवस्थित जग्गाधनी पुर्जा बितरण गर्दै नागरिकको पुर्जाले १० बर्ष हद म्यादले बैंक देखि विभिन्न समस्या आउने भएकोले यसको समयसिमा हटाउन अनुरोध गर्नुभयो ।
नापी बिभागका महानिर्देशक प्रकाश जोशीले सबैको साथ र सहयोगले पुर्जा बितरण सम्भव भएको बताउनुभयो । कार्यालय र कर्मचारीले काम गरिरहेका छन् । रामपुरका निवेदकदेखि स्थानीय तह र सरोकारवालाको सहयोग भयो र पुर्जा लिन सम्भव भयो उहाँले भन्नुभयो ।
वडा न ३ का वडा अध्यक्ष दामोदर पाठकले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।नापी बिभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा भएको पुर्जा बितरण कार्यक्रममा विशेष नापी कार्यालय पाल्पाका प्रमुख पुर्ण प्रसाद पाण्डेको स्वागत र सञ्चालन सर्वेक्षक सरिता चन्दले गर्नुभएको हो ।
२०७२ सालमा पाल्पामा स्थापना भएको विशेष नापीले रामपुरका ५०० नागरिकको पुर्जा तयार गरेर बितरण थालेको जनाएको छ । रामपुरबाट शुरु भएको बितरण अभियान अब काम भएका माथागढी, बगनासकाली र तानसेनमा पनि बिस्तारै बितरण गर्दै जाने बताईएको छ ।







