
पाल्पा । फेन्सी कस्मेष्टिक तथा फर्निसिङ ब्यवसायि संघ रामपुर पाल्पाले राहत हस्तान्तरण गरेको छ । दाजुभाई इलेक्ट्रिनिक्सको पसलमा आगालागी भई क्षति पुगेपछि राहत हस्तान्तरण गरेको हो ।
गत आषाढ १८ गते दिउँसो रामपुर स्थित बेझाँड बजारमा रहेको दाजुभाई इलेक्ट्रिनिक्स पसलमा आगालागी भई क्षति पुगेको थियो । इलेक्ट्रिनिक्स पसलका प्रोपाइटर सुरेश रायमाझी (राजु) ले पसलमा रहेको सबै इक्ट्रिोनिक्स सामानहरु जलेर नष्ट भएको बताउनु भयो । पसलमा रहेको सामान सबै जलेर खरानी भएको छ । करिब १ करोड बराबारको सामान जलेर क्षति पुगेको बताउनु भयो
राहत हस्तान्तरण गर्दै ब्यवसायी संघका अध्यक्ष नेत्रलाल श्रेष्ठले रामपुरमा रहेका सबै ब्यापारीसाथीहरुले यो दुःखद घटना साहनुभूति प्रकट गर्नूभएको छ । वहाँले भन्नु भयो यस्तो घटना कसैलाई नहोस् । अध्यक्ष श्रेष्ठले रु ९२ हजार ३ सय ६५ रुपैया बराबरकोे चेक हस्तान्तरण गर्दै हामीले ब्यापारी सबैसार्थीहरु मिलेर दुःखमा केही राहत मिलोस भनेर यो रकम हस्तान्तरण गरेको बताउनु भयो ।