निस्दी गाउँपालिका वडा नं २ मा सञ्चालित बाख्रा ब्लक कार्यक्रम अन्तरगत खोर सुधार कार्यक्रम संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा कार्यक्रम कार्यान्वयन गरिएको हो।
अनुगमन टोलीमा सहभागी प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले यस्ता कार्यक्रमले कृषकहरूमा आत्मविश्वास, आयआर्जन र आधुनिक प्रविधितर्फको आकर्षण बढाउने बताउनुभयो। “बाख्रापालनको सम्भावना उच्च रहेको यस क्षेत्रमा सरकारले दिएको सहजीकरण निकै उपयोगी भएको छ,” उहाँले भन्नुभयो।
कार्यक्रमबाट लाभान्वित कृषक राममाया लामिछानेले प्रतिक्रिया दिँदै भन्नु भयो, “पहिले बाख्रालाई खुल्ला र जोखिमपूर्ण ठाउँमा राख्नुपर्थ्यो, अहिले सुरक्षित र स्वच्छ खोर निर्माण भएपछि बाख्राको स्वास्थ्यमा सुधार आएको छ, उत्पादन पनि बढेको छ।”उहाँले वजारिकरणका विषयमा बोल्दै पोखरा पठाउने गरेको बताउनु भएको छ ।
त्यस्तै अर्का किसान नरमाया सिन्जालिले खोर बनाउन दिएको अनुदान प्रती खुशि व्यक्त गर्नु भएको छ ।
संयुक्त अनुगमन कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गा खनालले पाल्पामा पशुपालन क्षेत्रलाई प्रवर्द्धन गर्न अस्पतालले गरेका अन्य कामहरूको बारेमा जानकारी गराउनुभयो। उहाँले बिनियोजीत वजेटका विषयमा बोल्दै गत वर्ष ५४ वटा खोर निर्माण गरको र यस वर्ष २४ वटा खोर निमाण साथै आवश्यक बस्तु उपलव्ध गराएको वताउनु भएको छ ।
निस्दी गाउँपालिका वडा नं। २ का अध्यक्ष फत्तसिन दरलामीले कार्यक्रममा आभार व्यक्त गर्दै भन्नुभयो, “सरकारबाट प्राप्त यस्ता कार्यक्रमले गाउँमा परिवर्तन ल्याएको छ, कृषकहरू आत्मनिर्भर बन्न थालेका छन्।”
कार्यक्रमको अध्यक्षता जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाको अध्यक्ष कृष्ण कुमारी रानाले गर्नुभएको हो।उहाँले यस कार्यक्रम मार्फत महिलालाई आर्थिक ससक्तीकरणमा जोडेकोमा धन्यबाद दिदै आर्थिक उर्पाजन हुन थाले पछि महिलामा पनि आत्म विश्वास वढेको, हामी पनि समाजका हिस्सा हौँ हौ भन्ने जागरण आएको वताउनु भएको छ ।
सहकारी व्यवस्थापक निर्मला बाकावलले, “सहकारीले अधुवा, बेसार, बाख्रा अम्रीसो जस्ता स्थानीय उत्पादनलाई सहकारीमार्फत बाहिरी बजारसम्म पुर्याअउने अभियान थालेको जानकारी दिनु भएको छ । उहाँले भेटेनरि अस्पाल तथा पशुसेवा बिज्ञ केन्द्रको सहयोगमा कार्यक्रम गरेको जानकारी गराउनु भएको ।
अनुगमन कार्यक्रममा सहभागी पशु सेवा विज्ञ केन्द्र युवराज ज्ञवालीले कार्यक्रममा सहकार्य, प्राविधिक सहायता, अनुदान प्रक्रिया, र दीगो बाख्रापालन प्रवर्द्धनबारे जानकारी गराउनुभयो। उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई जोन अन्तर्गत बाख्रा जोन प्रदेश सरकार मार्फत सञ्चालन हुने कार्यक्रम भेटनरी अस्पताल तथा विज्ञ केन्द्रको ८०८१ को कार्यक्रम रहेको बताउनु भएको छ । अघिल्लो आर्र्थीक वर्ष मा ४५ लाख बराबरको कार्र्यक्रम र यो वर्ष २२ लाख ५० हजारको कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभएको छ। कृषकलाई कम्बाइन मिल, बहुवर्षीय घाँसका विउ वितरण, रोग नियन्त्रण गर्नका लागि तालिम लगायतका कार्यक्रमहरु गरिएका छन् जसमा यो वर्ष ७ वटा बोयर क्रस बोकाहरु वितरण गरेको समेत वा जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जिल्ला समन्वय अधिकृत गणेश प्रसाद यादबले कार्यक्रममा सहभागी भई आफ्नो भनाइ राख्नुभयो। उहाँले, “पाल्पा जिल्लामा विशेष गरेर रामपुर, तानसेन, र निस्दी क्षेत्रलाई लक्षित गरेर कृषि व्यवसाय प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन भैरहेको जानकारी गराउनु भएको छ बाख्रापालन, दुग्ध व्यवसाय, फलफूल बगैंचा, तरकारी खेती र आधुनिक कृषि प्रविधि विस्तारमा परियोजनाले जोड दिएको यादबको भनाइ रहेको छ ।”
उहाँले थप भन्नुभयो, “केन्द्रसँग समन्वय गरी स्थानीय सहकारी, पशु सेवा केन्द्र र किसान समूहमार्फत कार्यक्रम कार्यान्वयन भएको जनकारी गराउनु भएको छ। कृषकको माग, सम्भाव्यता अध्ययन र क्षेत्रगत विशेषतालाई आधार बनाएर यो कार्यक्रम ल्याइएको हो।” अधिकृत ढकालले जानकारी गराउनु भएको छ ।
अनुगमन पश्चात एक औपारिक कार्यक्रम गरी अनुगमनका विषयमा छलपल भएको छ ,प्रतिक्रीया दिदै बाख्रापालन व्यवसायलाई दीगो र व्यावसायिक बनाउने दिशातर्फ यो कार्यक्रम सार्थक देखिएको छ। सहभागी सबै पक्षले यस्ता योजनाले गाउँमा कृषि तथा पशुपालन क्षेत्रमै रोजगारी सिर्जना, आत्मनिर्भरता र समृद्धिको मार्ग खोल्ने विश्वास व्यक्त गरेका छन्।
अनुगमन कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदि, प्रहरी उपरीक्षक पवन कुमार भट्टराई ,सहायक प्रमुख जिल्ला अधिकारी ऋषीराम सुवेदि , प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना ईकाइ कार्यलय पाल्पाका जोन प्रमुख गणेश यादव लगाएत सरकारी कार्यलयका प्रमुख वा प्रतिनिधि , आयोजनाका दिदिवैनिहरुको उपस्थति रहेको थियो । कार्यक्रम अन्तर्गतका २४ वटा खोर, बीउ बोका र स्थानीयले उत्पादन र भण्डारण गरेका बस्तुहरुको अनुगमन भएको छ ।







