
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पाल्पाले माध्यमिक शिक्षा परीक्षा एसईई मा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान गरिएको छ । पाल्पा जिल्लाका निजि विद्यालयहरुबाट १८ विद्यालयले विद्यार्थी सहभागी गराएको थियो । पाल्पा जिल्लामा यस बर्ष निजि विद्यालयबाट ४७१ विद्यार्थी सहभागी भएकोमा ४२४ उतृण भएका छन । जस अन्तर्गत ४ जिपिए ३ जना सहित ११६ ए प्लस एक सय ८५जना विद्यार्थी ए , ९९ जना विद्यार्थीले बि प्लस र २२ जनाले बि ल्याउन सफल भएका छन । प्रतिशतका आधार ८९.९ करीब ९० प्रतिशत विद्यार्थी पास भएको प्याप्सन पाल्पाले जनाएको छ ।
प्याप्सन पाल्पाका उपाध्यक्ष अशिस भट्टराईको स्वागतबाट सुरु भएको सम्मान कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारु रहनु भएको हो ।मन्त्री सारुले बोल्दै राजनीति पनि पठाइ हो । यो राजनीति काम छैन भन्ने भाष्य निर्माण भएको तर राजनीतिले नै देश चल्ने भन्दै नेपालको राजनीतिक इतिहास र अहिलेको अवस्थाका बारेमा जानकारी गराउनु भएको छ । उहाँले पछिल्लो समय आर्टिफिसियल इन्टेलीजेन्स एइको जमाना आएको भन्दै नेपालले आय गर्ने क्षेत्र अन्तर्गत प्राबिधिक धार हो भन्नू भएको छ । बिकासनै भएको छैन भन्नेहरुलाइ पछिल्लो समय भएको बिकासका बिषयमा बोल्दै शिक्षा क्षेत्रमा अहिले यो बिकास भड्कोहो भन्नू भएको छ । अब अल्प बिकासित देश , बिकास उन्मुख देश भनेर बस्ने अबस्था छैन अब को सन २०३० मा नेपालले दीगो बिकास लक्ष्य प्राप्त गर्नु पर्ने छ । उहाँले अब सीप बिना आफुलाइ विश्व बजारमा बेच्न सक्दैनौ भन्दै सीप सिक्नु पर्ने छ । भन्नू भएको छ ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बिल्दै निजि विद्यालयले शिक्षा क्षेत्रमा इज्जत राखेको भन्दै मेहनत गर्ने शिक्षकहरु, विद्यार्थी र अभिभावकलाई धन्यवाद दिनु भएको छ । बिकास पुर्वाधार मात्र होइन मान्छेकको दिमाग परीवर्तन हुनु पर्ने बताउनु भएको छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख प्रेम राज खराल जिपिए सङ्गै नैतिक रुपमा पनि समाज रुपान्तरण हुनु पर्ने बताउनु भएको छ ।निजि विद्यालयले गरेको देखेर आज सामुदायिक विद्यालयलाई पनि बिउझाउदा शिक्षामा सुधार भएको बताउनु भएको छ । बिश्व मै अहिले निजीकरण बढ्दोछ जुन सरकारले मात्र धान्न नसक्क्ने हाते मालो गर्दै अगाडि बढेको बताउनु भएको छ ।
प्याप्सन पाल्पाका सल्लाहकार महेशमान बज्राचार्य ,सस्थापक अध्यक्ष भेषराज सुबेदीले सम्मानित सबैलाइ बधाई दिदै भविष्य सुनिस्चित होस भन्दै निजि विद्यालयको कारण सरकारलाइ सहयोग पुर्याएको बताउनु भएको छ । सरकारले मात्र राज्य चलाउन नसक्ने भन्दै निजिले ठूलो भुमिका खेलेको बताउनु भएको छ त्यसमै शिक्षा पर्छ र शिक्षा क्षेत्रमा निजिको लगानी पनि ठुलो रहेको बताउनु भएको छ ।
रामपुर अङ्ग्रेजी आवासीय माबिका प्रधानाध्यापक एवं पुर्व प्याप्सन अध्यक्ष सुर्य प्रसाद घिमिरेले १० /४ मात्र नभएर जतिबेला पनि विद्यार्थी माझ रहेको परीणाम आज आएको बताउनु भएको हो । पोलीस्टार इङ्लीस बोडिङ्ग स्कुलका व्यबस्थापन समिति अध्यक्ष भिम बहादुर श्रेष्ठ ,विद्यार्थीको तर्फबाट न्यु होराइजन इंलीस बोडिङ्ग कामना राना , लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
प्याप्सन पाल्पाका अध्यक्ष डासुराम पन्थको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्याप्सन सचिब गङ्ग बहादुर खत्रीले गर्नु भएको थियो ।


