रामपुरमा हरिशयनी एकादशीको अवसरमा तुलसी तथा पिपलको विरुवा रोपिएको छ ।

बोली खबर   २०८२-०३-२३


पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा आइतबार तुलसी तथा पिपलको विरुवा रोपिएको छ । हरिशयनी एकादशीको अवसर रामपुर भजनकीर्तन मण्डलीले स्थानीय महिला समूहको सहकार्य र ६ नं. वडा कार्यालयको समन्वयमा १०८ पिपलको विरुवा तथा तुलसी रोपेको हो ।

धार्मिक महत्व उजागर संगै पर्यावरणीय स्वच्छता प्रवद्र्धनका लागि विरुवा सारिएको आयोजकले जनाएको छ । वृक्षारोपण कार्यक्रमको रामपुर नगर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना र वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा वैदिक विधि पूर्वक विरुवा रोपेर शुभारम्भ गर्नु भएको थियो । पिपलको विरुवा सार्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले धार्मिक तथा वैज्ञानिक हिसाबले पिपल र तुलसी मानव जीवनको लागि निकै महत्व रहेको बताउनुभयो । उहाले भन्नुभयो, “जसरी धार्मीक र साँस्कृतिक हिसाबले पीपलको महत्व छ । विज्ञानले पनि पीपललाई उस्तै महत्व दिएको पाइन्छ । यो एकमात्र यस्तो वनस्पती हो, जसले करीब २४ घण्टा नै अक्सिजन दिन्छ । पिपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ ।”

उहाँले विगतमा पुर्खाले लगाएको वर, पिपलका बोटहरु हराउँदै गएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी नदी हाम्रो जीवन संग जोडिएको बताउनु हुँदै कालीगण्डकी डाइभर्सन रोक्न तथा सभ्यताको संरक्षणमा पनि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । विरुवा लगाउनु मात्र नभै हुर्काउनु सबै भन्दा ठूलो पुण्यकार्य भएकाले लगाएका विरुवाको नियमित रेखदेखको खाँचो रहेको स्पष्ट पार्नुभयो ।

अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले भगवान विष्णुको रुपमा पुजा गरिने शालिग्राम, तुलसी, कुश र पिपल कालीगण्डकी वेशीमा पाईने हुनाले याहाँका जनता भाग्यमानी रहेको बताउनुभयो । उहाँले शालिग्रामको संरक्षण र याहाँको पर्यावरण जोगाउन कालीगण्डकी डाभर्सन रोक्नुको विकल्प नभएको बताउनुभयो । हरिशयनी एकादशी आफैमा महत्वपूर्ण दिन भएको बताउँदै प्रत्येक गाउँटोलमा एक वटा पिपलको बोट हुनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले आध्यात्मले मानव जीवनलाई थप सार्थक बनाउन मद्दत गर्ने बताउनुभयो । कार्यक्रकमा संस्कृतिविद् डा.खेमराज खनालले हरिशयनी एकादशीको महिमा संगै पिपल तथा तुलसीको उपयोगिता बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अवसरमा कालीगण्डकी बचाउन अभियानका अभियन्ता कृष्ण प्रसाद पौडेल कालीगण्डकी सभ्यताको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकाल, रामपुर नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेले पूर्वटारलाई धार्मिक पर्यटन संग जोड्न कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो ।

पर्यावरण संरक्षण संगै खुल्ला चौरको रुपमा रहेको पूर्वटार क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा स्थापित गर्न वृक्षरोपण गरिएको श्रीमद्भागवत तथा शिवपुराण ज्ञान महायज्ञ मूलआयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालले बताउनुभयो । पिपलको ठूलो विरुवा मन्दिर परिसर वरपर लगाईएको छ । १०८ वटा साना विरुवा उचित हेरचाह गरी विरुवा हुर्काउन तत्कालको लागि गमलामा सारिएको रामपुर भजनकीर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालले बताउनुभयो । विरुवा हुर्किए पश्चात गमला बाट उपयुक्त स्थानहरुमा सारिने जानकारी दिनुभयो । रामपुर भजनकीर्तन मण्डलीका सल्लाहाकार विष्णु मायाँ ढकालले महिलाहरु दिदी बहिनीहरुले आफैले गमला खरिद गरी विरुवा सारेको जानकारी दिनुभयो ।

श्रीमद्भागवत तथा शिवपुराण ज्ञान महायज्ञ मूलआयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर भजनकीर्तन मण्डलीका उपाध्यक्ष शिव कुमारी वाग्लेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई धन्यवाद रामपुर भजनकृतन मण्डलीका सल्लाहाकार विष्णु मायाँ ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर भजनकृतन मण्डलीका सचिव पुरुषोत्तम ढकालले गर्नु भएको हो ।