पाल्पा —जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका ६२ वर्षीय ताराबहादुर कार्की पक्राउ पर्नु भएको छ ।
२०८० पुस २० गते स्थानीय २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनु भएको छ ।
गत २०८० पुस २२ गते पीडितको आमाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दरखास्त दिएकोमा कार्कीको खोजतलास गर्ने क्रममा असार २२ गते उनलाई पक्राउ गरिएको हो। कार्कीलाई तानसेन नगरपालिका–४, लहरेपिपल क्षेत्रबाट पक्राउ गरिएको डीएसपी मल्लले जानकारी दिनु भएको छ। कार्कीलाई पाल्पा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ।


