
असार २३
सामुदायिक रेडियोको विकासमा प्रविधीको प्रयोग विषयक प्रशिक्षण रामपुरमा सम्पन्न भएको छ । सामुदायिक रेडियो रामपुरको आयोजनामा मुख्यपाहुना लुम्बिनी प्रदेशसभा सदस्य एवम् अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।
कार्यक्रममा मुख्यपाहुना अर्थ उद्योग तथा पर्यटन समिती सभापति राजुप्रसाद श्रेष्ठले यसक्षेत्रका नागरिकको योगदानमा स्थापना भएको रेडियोको थप विकासमा आफूले निकै चासो दिएको उल्लेख गर्नुभयो । उहाँले रेडियो पनि अव समयअनुसारका प्रविधिको प्रयोग गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोख्रेलले रेडियोले समुदायका कुराहरुलाई समेट्दै सही सुचना दिनुपर्ने बताउनुभयो ।
आज होटल संगममा भएको प्रशिक्षणमा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्यालले सहजीकरण गर्नुभएको हो । उहाँले अन्य सामाजिक संजालको विकृतिका कारण रेडियोहरु धारासाही हुने श्थितीमा पुगेको बताउनुभयो । पछिल्लो समयसँगै विकास भएका प्रविधीसँग प्रतिस्पर्धा गरेर समय सापक्ष कार्यक्रमहरु तयार गर्न सकेमात्र रेडियोको सुधार हुनेमा जोड दिनुभयो । उहाँले प्रविधिको विकास रेडियो तथा यसका चुनौतीका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
रेडियो संचालक समिती अध्यक्ष राजेन्द्रप्रसाद लम्सालको अध्यक्षतामा उपाध्यक्ष छायाँचन्द्र पंगेनीले स्वागत गर्नुभएको कार्यक्रममा धन्यवाद उपाध्यक्ष प्रेमबहादुर पोख्रेलले दिनुभएको हो । कार्यक्रमको संचालन रेडियोका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरेले गर्नुभएको हो । कार्यक्रममा सामुदायिक रेडियो रामपुरका रेडियो प्रतिनिधी, कर्मचारी, कालीगण्डकी सामुदायिक विकासकेन्द्रका पदाधिकारी तथा रेडियो संचालक समितीका पदाधिकारी, राजनितिक दल समाजसेवी पत्रकार सहभागी हुनुभएको थियो ।