
पाल्पा — रामपुर नगरपालिका वडा न ६, तिलकपुर बस्ने ११ वर्षे बालक पवन कुमाल करिब डेढ वर्षदेखि सडक छेउको रूख नजिकै बनाइएको फलामे खोरमा बस्न बाध्य छन्, जहाँ उनको सीमित जीवनले कलिलो उमेर सुनसान बनाएको छ ।
शारीरिक र मानसिक रूपमा दुर्बल पवन बोल्न तथा हिँडडुल गर्न असमर्थ छन् उनी हातको संकेत मार्फत आफ्ना चाहना व्यक्त गर्छन्, मुस्कुराएर मान्छेहरूलाई बोलाउन खोज्छन्, तर आफ्नै उमेरका साथीहरू जस्तै विद्यालय जान वा खेलमा सहभागी हुन भने पाएनन् ।
पवन करिब डेढ वर्षदेखि फलामे खोरमा थुनिनुको कारण हो उनले मानसिक र शारीरिक दुर्बलताका का साथमा गरिवि ।
आर्थिक रुपमा विपन्न आदिवासी सिमान्तकृत जातिमा पर्ने कुमाल समुदायमा जुम्ल्याहा छोराको रुपमा पवन कुमालको जन्म भएको थियो ।
सानै उमेर देखि र्दुवल पवन ठूलो हुदैँ जादाँ उनमा देखिएका शारिरिक , मानसिक र्दुवलताका कारण उनलाई खोरमा राख्न परेको हो ।
उनिकी आमा पुर्नामाया कुमाललाई अरु वच्चा जस्तै आफ्नो वच्चा खेल्न, विद्यालय जाने , साथीभाइसँग रमाउने गरेको हेर्न चाहान्छीन । तर परिवारको आर्थिक र सामाजिक अवस्थाका कारण त्यसो हुन सकेको छैन । “घरायसी काम गर्दा आँखाबाट ओझेल परे दुर्घटना हुने डरले उनलाई फ्रेमभित्र राख्न परेको” — आफ्नो सन्तानलाई खोरमा राख्नु आफुहरुको इच्छा नभएर बाध्यता भएको उहाँले बताउँनु हुन्छ ।
गम्भीर सुरक्षा चिन्ताबाट उनलाई सडक छेउको रुखसँग जोडिएको फलामे खोरमा सुरक्षित राखिएको हो परिवार आफैँले यस्तो गर्ने इच्छा नभए तापनि बाध्यताका कारण बल्ल–बल्ल गरिएको निर्णय भएको आमाको भनाई छ ।
पवन खोरबाट बाहिर निस्कन पाउँदा अनुहारमा खुसी झल्किन्छ तर फलाम र जस्तापाताले बनेको संरचनाले गर्मी, वर्षा, हावाहुरीका बेला डर सिर्जना गर्छ जसले पवनको जीवन थप कष्टकर बनाएको छ ।
पारिवारिक पृष्ठभूमि र उपचार अवस्था
पवनका बाबु कृष्णबहादुर कुमाल विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। कमाई खासै राम्रो छैन, आमाको एक्लो प्रयासका कारण परिवार छिमेकी खेतबारीबाट जीविकोपार्जन गर्दै आएका छन
छिमेकि वताउछन् आफ्नो जग्गा जमिन छैन, आर्थिक अवस्था कमजोर छ ।
पवन जन्मजात समस्याका कारण मुटु र खुट्टाका उपचार गरिएको भएता पनि, मस्तिष्कको शल्यक्रिया गराउन आवश्यक आर्थिक स्रोत अभावले पूरा हुन सकेको छैन उपचारका प्रयासहरू जारी छन्
पुर्नामायाद्वारा बनाइएको करिब रु २०,००० को लागतमा फलामे खोर निर्माण गरिएको थियो। यसरी उसलाई थुन्नुको उद्देश्य घरायसी काम गर्दै मेलापात गर्दा पवन सडकतर्फ जाने , यसै लाट्दै हिड्ने , कहाँ पुग्यो केहि मेसो नहुने भए पछि उसकोै सुरक्षालाई मध्य नजर गरि खोरमा राख्न वाध्य भएको हो ।
घरायसी कामकाज केही गर्न पाइँदैन, छोरालाई मात्रै हेरेर भएन अर्काे वच्चा परिवार चलाउन पर्याे । सुरक्षाको लागि खोर बनाएँ।”पुर्नामाया बताउनु हुन्छ ।
“घरायसी काम गर्दा आँखाबाट ओझेल परे दुर्घटनाको डर — फलामे खोर बनाउन बाध्यता भयो।”
“पवनले बोल्न नआए पनि मुस्कान र हातको संकेतले अरूलाई बोलाउन खोज्ने दृश्य सबैका मुटु छुन्छ।”
“उनी खोरभित्र थुपिएको भए पनि जीवनका खुसीका उपाय खोजिरहेका हुन्छन।”
बालक पवनको स्थिति मानव करुणास्पद छ। आर्थिक अभाव, चिकित्सा चरण पूरा नहुनु, र सामाजिक समर्थन अभावले उनको जीवन ुफलामको खोरु भित्र सीमित भएको छ। परिवारले उपचार र सहयोगको अपेक्षा राखेको छ, विशेष गरी मस्तिष्क शल्यक्रिया गराउन आर्थिक सहयोग जुटेमा पवनको जीवनमा उज्यालो आउनसक्ने भन्नुभएको छ ।
