आँखा अस्पतालमा सेवा लिन रिफर चाहिने

बाेलीखबर   २०८२-०३-३०

पाल्पा । पाल्पाका दुई आँखा अस्पतालबाट सिँधै सेवा लिइरहेका स्वास्थ्य वीमाका वीमितले यही साउन १ गतेदेखि रिफर लिएर मात्र सेवा पाउने भएका छन् । पाल्पाकाे तानसेनस्थित लायन्स लाकाैल आँखा अस्पताल र रामपुरस्थित कालीगण्डकी आँखा अस्पतालबाट वीमितले सिँधै सेवा पाएकामा साउन १ गतेदेखि रिफर लिएर मात्र आँखाकाे उपचार सम्बन्धी सेवा पाउने भएका छन् ।
स्वास्थ्य वीमा बाेर्डले पाल्पा अस्पताल, रामपुर अस्पताल, ताहुँ स्वास्थ्य केन्द्र र खस्याैली स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दुकाे रूपमा सुचिकृत गरेकाे थियाे । बाेर्डले पछिल्लाे पटक पाल्पाकाे लुम्विनी मेडिकल कलेज प्रभास, लायन्स लाकाैल आँखा अस्पताल र कालीगण्डकी आँखा अस्पताललाई प्रेसण विन्दुकाे रूपमा सुचिकृत गरेकाे छ । वीमा गरेका वीमितले बाेर्डले प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने र त्यहाँ उपचार नभए मात्र प्रेसण विन्दुमा सेवा लिन पाउने व्यवस्था गरेकाे छ ।