लुम्बिनी प्रदेश सरकारको पहलमा रामपुर बेझाँड बजार उज्यालो, हाइमास्ट लाइट जडान

बोली खबर   २०८२-०४-१६

पाल्पा, साउन १५ ।
रामपुर नगरपालिका–५ स्थित बेझाँड बजार चोकमा लुम्बिनी प्रदेश सरकारको ३५ लाख लगानीमा हाइमास्ट लाइट जडान गरिएको छ । प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशको अर्थ, उद्योग, पर्यटन तथा विकास समिति सभापति राजु प्रसाद श्रेष्ठको विशेष पहलमा उज्यालो शहर कार्यक्रमअन्तर्गत चोकमा हाइमास्ट लाइट जडान गरिएको हो ।

प्रदेश सांसद श्रेष्ठले उज्यालो वातावरण सिर्जना गरी आर्थिक र सामाजिक सुरक्षालाई बलियो बनाउने उद्देश्यले यो योजना ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “रामपुर जस्ता सम्भावनायुक्त ठाउँहरूमा प्रदेश सरकारले पूर्वाधारको विकासमा प्राथमिकता दिएको छ । उज्यालो र सुरक्षित वातावरण सिर्जना गर्न हाइमास्ट लाइटले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । उहाँ रामपुर चापाकोट एउटै शहरको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउदै विजुलिको विल र्तिने रामपुर नगरपालिकालाई धन्यबाद दिनु भएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रको सुरक्षा, सौन्दर्यकरण र व्यवसायिक सहजताका लागि लाइट जडान गरिएको बताउनु भयो । “बजार क्षेत्रमा रातको समयमा अपराधिक गतिविधि हुन नदिन र सर्वसाधारणलाई सहज वातावरण बनाउन यो योजना आवश्यक थियो,” उहाँले भन्नुभयो ।यसका निम्ती लुम्विनि प्रदेश सरकारलाई धन्यवाद समेत दिनु भएको छ ।

वडा नं। ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बेझाँड बजारको समग्र विकासको लागि उज्यालो शहर कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँका अनुसार सडक र चोकहरूमा पनि यस्तै बत्ति जडान हुँदैछन् । जडान भैसकेका बत्तिलाई व्यवस्थीत र निरन्तरता दिन वडा लागी पर्ने वताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले लाइट जडानसँगै सुरक्षामा उल्लेखनीय सुधार हुने बताउनुभयो । “अँध्यारोमा हुने सम्भावित अपराधहरू नियन्त्रण गर्न बत्ति प्रभावकारी हुनेछ,” उहाँले भन्नुभयो ।

व्यवसायी लक्ष्मण सुनामले लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद दिँदै, “यो योजना साँच्चिकै स्वागतयोग्य छ, हामी व्यवसायीहरू खुशि भएका छौं भन्नु भएको छ ।

उक्त हाइमास्ट लाइट स्वचालित अटोमेटिक प्रणालीमा आधारित रहेको छ । गर्मीयाममा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म र जाडोमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लाइट बल्ने र आवश्यकता अनुसार स्वचालितरूपमा बन्द हुने छ ।
रामपुरको माग र विकास उन्मुख शहरको आवश्यकतालाई मध्यनजर गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लुम्बिनी प्रदेश मार्फत १६ मिटर अग्ला पोलमा प्रति वल्ब ३०० वाट क्षमताका ८ वटा गरी २,४०० वाट क्षमताको लाइट जडान गरिएको हो । यसबाट चोक वरपर ३०० मिटर क्षेत्र उज्यालो हुनेछ । यस वाट आएको विद्युत महसुल रामपुर नगरपालिकाले तिर्ने गरि राखिएको हो ।