रामपुर फाँट सिंचाई नहरले बगाएर एक वृद्धको मृत्यु

बोली खबर   २०८२-०४-१७

पाल्पा, जिल्लाको रामपुरमा नहरले बगाएर एक वृद्धको मृत्यु भएको छ । रामपुर फाँट सिंचाई आयोजनाको नहरले बगाएर रामपुर नगरपालिका–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धन बहादुर थापाको मृत्यु भएको हो ।शुक्रबार दिउँसाे पौने दुईको समयमा रामपुर नगरपालिका–५, बेझाँड स्थित नहरको दुई नं. २ शाखा नहरमा बग्दै गरेको अवस्थामा थापाको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो । नहरमा बग्दै आएको अवस्थामा स्थानीयले देखि पछि प्रहरीलाई खबर गरेका थिए ।

शव पानी बाट निकाले पछि आफन्तले पहिचान गरेको प्रहरी निरीक्षक नेपालीले बताउनुभयो । दिउँसो झण्डै १२ बजेको समयमा उहाँ घर बाट निस्किनु भएको थियो । थापाको शव घर देखि झण्डै साढे दुई किलोमिटर तल नहरमा फेला परेको हो । शव पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाईएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।