पाल्पा, ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका–७ पाल्पाले अधिबेशन सम्पन्न गरेकोछ । अधिबेशनबाट अध्यक्षमा सुन्दर राना चयन हुनु भएको छ । क्लवको १० औं अधिजेशनले सर्वसम्मत रुपमा रानाको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सोम प्रसाद श्रेष्ठ, सचिवमा गोपाल बहादुर दमै, कोषध्यक्षमा अनिल शाही र सहसचिवमा अर्जुन पाठक रहनु भएको छ । समितिको सदस्यहरुमा सरोज श्रेष्ठ, गौरव क्षेत्री, श्याम प्रसाद श्रेष्ठ, गुम बहादुर रामजाली, श्याम माया राना र संगिता पोखरेललाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन समितिका संयोजक धुर्व पोखरेलले जानकारी दिनुभयो ।


