रामपुर नगरपालिका आयुर्वेद शाखाको प्राबिधिक सहयोग र रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा रामपुर नगरपालिका वडा नं ४ को सभाहलमा नागरिक आरोग्य समुह गठन , सचेतना तथा विविध कार्यक्रम सम्पन्न भएको छ।
रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका का निवर्तमान उप- प्रमुख बिस्णु देवि घिमिरे आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका अध्यक्ष रानाले हाम्रो वडा विविध जातजातिको बसाइ भएको वडा हो जहाँ आफ्ना धर्म संस्कृति अनुरूपका चाडपर्व हरु मनाउदै आइरहेका छौ । अहिलेको यो नजिकिदै गरेको हरितालिका तिजले वडाबासी र जनप्रतिनिधि बीच सद्भाव , आत्मियता बढोस र सदैव वडा कार्यालय तपाई हरुको हर दुख सुखमा साथ रहनेछ भन्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरेको बताउनु भयो।उहाँले चाडपर्वले खुशी ल्यावोस पिडा होइन त्यसैले तडकभडकका साथ होइन आफ्नो दक्षताका साथ मनाउँ भनेर हरितालिका तिजको अवसरमा शुभकामना दिनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिस्णुदेवी घिमिरे आचार्यले आफ्नो कार्यकालमा नगर भित्र बिकास संग संगै आत्मनिर्भरका कार्यक्रम हरु गरेको र त्यसले कतिपयका जिवनस्तर उकास्नमा मध्द्त मिलेको थियो भने कति योजनाहरु बाकी नै रहेका थिए । त्यो अवधिमा काम संगै सिकाइ पनि भएको र शिक्षा , स्वास्थ्य र बिकास निर्माणका कार्यहरु नजिकबाट नियाली त्यस्लाइ अझै सुधार , सुदृढ गर्नुपर्ने हुन्छ। काम गर्दै जादा सिकाइ, सास्ती संगै राम्रा कार्यको मुल्यांकन गरि सम्मान समेत पाइन्छ त्यसैले सम्मान पाउने कार्य गर्नका लागि आग्रह संगै नजिकिदै गरेको हरितालिका तिजको शुभकामना समेत दिनुभएको थियो।
स्वास्थ्य मानिसको सबैभन्दा ठुलो धन हो ,जसलाई स्वस्थ राख्न हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । निरोगी, आरोग्य रहनका लागि भान्सा देखि लिएर मानिसका दैनिक क्रियाकलापमा सुधार गर्नुपर्ने हुन्छ। हाम्रै भान्सामा स्वस्थकर खानाहरु गराएर खाएमा रोग संग लड्न सक्ने क्षमता बिकास गर्न सकिन्छ । स्वास्थ्यको परिभाषा , सर्ने र नसर्ने रोगको पहिचान, स्वस्थ र अस्वस्थ खानाको पहिचान र प्रतिरोधात्मक गतिविधिबारे प्रट्याइएको प्रशिक्षणात्मक कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमनप्रकाश पोखरेल र राधिका सुवेदीले सहजीकरण गर्नुभएको थियो।
स्वास्थ्य सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम संगसंगै वडाले वडामा विविध क्षेत्रमा कार्यरत महिला कर्मचारी लक्षित वडा स्तरिय तिज मिलन कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रमकै अवसरमा फेरि भेटौला अन्तर्गत रामपुर नगरपालिका वडा नं ४को वडा कार्यालयमा २०७८ सालदेखी निरन्तर रुपमा वडा सचीव पदमा रहि सेवा प्रदान गर्दै आउनुभएको वडा सचीव सबिता रानालाइ उहाँले आफ्नो कार्य अवधी सम्म पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै वडाको बार्ह्र वटा टोल समितिले मायाको चिनो र वडा कार्यालयले पाल्पाली करुवा , सम्मान पत्र र दोसल्ला ओढाएर बिदाइ गरेको थियो।
वडा सदस्य महम्मद अजिम शेखको स्वागत बाट सुरु भएको कार्यक्रममा वडा नं४ को वडा सदस्य तथा कार्यपालिका सदस्य सिमादेवी थापा , पुर्व जनप्रतिनिधि मंचका संयोजक लुक बहादुर बिर्कट्टा , गोदाम चौतारी टोल बिकास समितिका अध्यक्ष मोहन थापा , वडा सचिव सबिता रानाले आ- आफ्नो भनाइ राख्नुभएको कार्यक्रमको सन्चालन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको थियो।





