विश्व बन्धुत्वको दिवसको अवसरमा रक्तदान कार्यक्रम

बोली खबर   २०८२-०५-०७

विश्व बन्धुत्वको दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । ब्रमकुमारी इश्वरीय विश्वविद्यालय को शाखा कार्यालय रामपुर पाल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि उपशाखा रामपुरको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । ब्रमकुमारी इश्वरीय विश्वविद्यालय रामपुर शाखाले आज विश्व बन्धुत्व दिवस तथा डा दादि प्रकाशमणि ज्युको १८ पुन्य स्मुति दिवसमा राष्ट्रिय रुपमा रक्तदान कार्यक्रम गरिएको हो ।


लुम्विनी मेडिकल कलेज प्रभास तानसेनको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । ब्रमकुमारी इश्वरीय विश्वविद्यालय रामपुर शाखाको सभाहलमा भएको रक्तदान कार्यक्रममा २३ जनाले मानव सेवाका लागि रगत दान गर्नु भएको ब्रमकुमारी इश्वरीय विश्व विद्यालय रामपुर शाखाको ब्रमकुमारी सरस्वती पाण्डेले जानकारी दिनु भएको छ ।


रक्तदान कार्यक्रममा मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखररेलले कार्यक्रमको उद्धघाटन गर्नु हुदै मानवजिवनको महत्वलाइ बुझेर रक्तदान कार्यक्रमको आयोजना गर्नु भएकोमा ब्रमकुमारी इश्वरीय विश्वविद्यालयलाइ धन्यवाद दिनुभएको छ ।
उहाले कोहिपनि नागरिक रगतको अभावमा ज्यान गुमाउने अवस्था नआओस भन्दै अव रामपुरमै बल्डबैक स्थापनाका लागि कुरा भइरहेको बताउनु भयो । उहाँले वडाले गर्नुु पर्नै काम यो सस्थाले आयोजना गरेको भन्दै खुशि व्यक्त गर्नु भयो । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बोल्दै मानव सेवाको काम रक्तदान भएकाले हाम्रो सानो प्रयासले कसैको ज्यानै समेत जोगिने भएकाले स्वास्थ्यले साथ दिए सम्म रगत दान गर्नु ठुलो पुण्य कार्य भएको बताउनु भयो । रामपुर नगरपालिका ५ बस्ने राजु खनाल पहिलो रक्तदाता बन्नु भएको रक्तदान कार्यक्रममा जम्मा २३ जना नागरिकले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटि रामपुर उपशाखाका अध्यक्ष मनोरथ भट्टराईले बताउनु भयो ।
ब्रमकुमारी इश्वरीय विश्वविद्यालय शाखा रामपुरको सभाहलमा भएको कर्याक्रमको संचालन ब्रमकुमारी सरस्वती पाण्डेले गर्नु भएको हो । ब्रमकुमारी इश्वरीय विश्वविद्यालयको आयोजनामा राष्ट्रिय रुपमा एकै दिन आज रक्तदान कार्यक्रम भएको हो ।