रामपुर खानेपानीमा भट्टराई र मिया अध्यक्ष उमेदवार

बोली खबर   २०८२-०५-०८

रामपुर साना सहरी खानेपानी तथा उपभोक्ता संस्था रामपुर पाल्पाको तेस्रो अधिबेशनको मनोनयन दर्ता सम्पन्न भएको छ ।निर्वाचन मण्डलले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आइतबार मनोनयन दर्ता समय तालिका अनुरुप मनोनयन दर्ता भएको हो । सस्थाको कुल १८ पदको लागि ३६ जनाले मनोनयन दर्ता गर्नुभएको निर्वाचन अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।


खानेपानीको निर्वाचनमा राजनितिक रुपमा २ प्यानलगत मनोनयन परेको छ । संयुक्त प्यानलको साझा उम्मेदवार र नेपाली काङ्ग्रेसको प्यानल गरि २ प्यानलले मनोनयन गरेको हो । संयुक्त प्यानलबाट अध्यक्ष पदमा कमलराज भट्टराई र नेपाली कांग्रेसको तर्फबाट हजिल दिन मिया उम्मेदवार रहनुभएको छ। उपाध्यक्षमा प्रेम प्रकाश श्रेष्ठ र विष्णुमाया ढकालको उम्मेदवारी परेको छ । सचिवमा कीर्तिनाथ श्रेष्ठ र नीलकण्ठ पोखरेल, कोषाध्यक्षमा खेमराज घिमिरे र भोजराज भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन मण्डलले जनाएको छ्त्य । यस्तै गरी खुला सदस्य पदमा विष्णुप्रसाद आचार्य, टेकबहादुर विश्वकर्मा, सरस्वती डोटेल, राजकुमार श्रेष्ठ, मुना थापा, दुर्गाबहादुर केसी, सुमित्रा ज्ञवाली,सुर्य गैरे ,विष्णुमाया सारु र मञ्जु देवी पोखरेल रहनुभएको छ।


ब्लक नम्बर १ को उम्मेदवारमा कृष्णप्रसाद अर्याल र लेखनाथ रेग्मी ,ब्लक नम्बर २ मा भोजराज भण्डारी र टोप नारायण ढकाल, ३ मा वसन्त बहादुर मल्ल र मेदासी श्रेष्ठ उम्मेदवार रहनुभएको छ। ब्लक नम्बर ४ कृष्णप्रसाद वाग्ले र रामप्रसाद भण्डारी, धनबहादुर राना र बुद्धि प्रकाश श्रेष्ठ ब्लक नम्बर ५ को संयोजकको उम्मेदवार हुनुहुन्छ। त्यस्तैगरी मोहनबहादुर थापा र ओम नारायण श्रेष्ठ ब्लक नम्बर ६ बाट संयोजक पदका लागि उम्मेदवार बन्नुभएको छ ।


त्यस्तैगरी, लेखा समिति संयोजकमा दुर्गाप्रसाद पोखरेल र कृष्णप्रसाद श्रेष्ठको उम्मेद्बारी परेको छ । लेखा समिति सदस्यमा मञ्जु भट्ट क्षेत्री, कमल आचार्य र विपिन अधिकारी, पवित्रा कुमालको मनोनयन परेको छ । खानेपानी सस्थामा कुल ३६८४ मतदाताले भाग लिँदैछन् ।