खानेपानीको साझा उम्मेदवारको परीचय तथा घोषण पत्र सार्वजनिक

बोली खबर   २०८२-०५-१६

रामपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही भदौ २१ गते हुने उपभोक्ता समितिको निर्वाचनमा साझा उम्मेदवारले आफ्ना उम्मेदवार तथा घोषण पत्र सार्वजनिक गरेका छ। आइतबार होटल श्रीनगरमा एक कार्यक्रमका बीच उम्मेदवार सार्वजनिक गरिएको हो। साझा प्रतिनिधित्व साझा उम्मेदवारी पानी सबैको होस् ताजा जिम्मेवारी भने नाराका साथ आफ्ना उम्मेदवारहरू सार्वजनिक गरेका हुन् ।
उमेद्वारहरु अध्यक्षमा कमलराज भट्टराई, उपाध्यक्षमा प्रेमप्रकाश श्रेष्ठ, कीर्तिनाथ श्रेष्ठ, कोषाध्यक्ष खेमराज घिमीरे सदस्यहरूमा दुर्गाबहादुर केसी, विष्णु माया सारु, मन्जु देवी पोखरेल रहनु भएको छ । त्यस्तैगरी तर्फ लेखा संयोजकमा कृष्ण प्रसाद श्रेष्ठ सदस्यहरूमा पवित्रा कुमाल र विपिन अधिकारी रहेका छन्।
ब्लक संयोजक पदको उम्मेदवारका लागि ब्लक नम्बर १ बाट लेखनाथ रेग्मी, ब्लक नम्बर २ मा टोप नारायण ढकाल, ब्लक नम्बर ३ मा सूर्यप्रसाद श्रेष्ठ, ब्लक नम्बर ४ मा रामप्रसाद भण्डारी, ब्लक नम्बर ५ मा बुद्धि प्रकाश श्रेष्ठ र ब्लक नम्बर ६ मा ओमनारायण श्रेष्ठ रहनुभएको छ ।
कमलराज भट्टराईको नेतृत्वमा साझा उम्मेदवारले आफ्नो घोषणापत्रमा हालको पानी महसुल दर नबढाई सक्दो राहत दिनें, अति गरिब विपन्न र असहायलाई धारा जडान गर्न लाग्ने रकमका लागि स्थानीय सरकार र दात्री संस्थाबाट प्राप्त हुने सहयोग दिलाउन पहल गर्ने, यो वर्गलाई खानेपानी उपलब्ध हुने अवस्था आवश्यक व्यवस्था मिलाउने ं, डिपिआर इस्टमेट बमोजिम बजेट माग गरी बहुवर्षीय रूपमा कुल रकम ६२ करोड ८५ लाख बजेटको कार्यसम्पादन गर्ने, उपभोक्तालाई हरेक दिन हालमा भन्दा बढी समय पानी वितरण गर्ने अवस्था निर्माण गर्ने, उपभोक्ताको धारामा पानी नआउने कुनै पनि कारण कुनै पनि समयमा पर्न जाँदा तत्काल यथावत सुचारु गर्न, खानेपानी योजना विस्तारको क्रममा उपभोक्ताको समस्या र आवश्यकताको आधारलाई प्राथमिकता दिई विस्तार गरिने प्रतिवद्दता व्याक्त गर्नु भएको छ ।
साझा उम्मेदवारको तर्फबाट आएका उम्मेदवारहरू विशेष अनुभवी सक्षम लगनशील र कुशल उम्मेदवार अनुशासित र इमान्दार भई काम गर्ने बानी भएका विभिन्न सामाजिक क्षेत्र शिक्षण संस्था खानेपानी योजना समिति विद्युत मोटरबाटो अस्पताल जस्ता संस्थाको अध्यक्ष सचिव जस्ता पदमा रहेर कार्यसम्पादन गरेका व्यक्तिहरू रहेको हुनुहुन्छ विकास निर्माणका काममा सक्रिय नेतृत्वदायी कार्यसम्पादन गरेका विगतमा कुनै गलत कार्यमा नफसेका र जिम्मेवारी पूरा गरेका हिनामिना नगरेका लेखासम्बन्धी ज्ञान भएका ब्लक सबैसँग समन्वय गरी काम गर्ने क्षमता भएका जिम्मेवारी पूरा गर्न आवश्यक समय दिन सक्ने युवा जोश जाँगर र उत्साहको मिश्रण भएका रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका नगर कमिटी अध्यक्ष लीलबहादुर गाहाले जानकारी गराउनुभएको छ।
साझा प्रतिनिधित्व साझा उम्मेदवारी पानी सबैलाई दिनु ताजा जिम्मेवारी भन्ने नारासहित आउनुभएका यो प्यानलको तर्फबाट विशेषत चौबिसै घण्टा धारामा पानी आउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमालेका नगर कमिटी अध्यक्षको अध्यक्षतामा भएको साझा उम्मेदवार घोषणा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार परिषद् सदस्य युवराज खनाल रहनुभएको थियो । खनालले एक घर एक धारा केन्द्रीय सरकारको नियम अनुसार हामीले यहाँ पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै साझा उम्मेदवारलाई मत माग्नु भएको छ । त्यस्तैगरी कार्यक्रममा प्रमुख वक्ताका रुपमा लुम्बिनी प्रदेशका प्रदेश सल्लाहकार कमिटी सदस्य राजुप्रसाद श्रेष्ठले आफ्ना भनाइ राख्नुभएको थियो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादीको तर्फबाट नगर कमिटी अध्यक्ष भीम विश्व भट्टराई , नेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष रामप्रसाद गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले आफ्ना भनाइ राख्नुभएको थियो। साझा प्यानलतर्फ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत निकटतम व्याक्ति रहेको गठबन्धन बनेको छ। कमलराज भट्टराई रामपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था स्थापना कालका अध्यक्ष समेत रहिसक्नुभएको छ । रामपुरमा पानि यसरी आउन सक्दैन भन्नेहरुका विचमा निकै संघर्ष र मेहनेतका वाबजुद रामपुरबासीलाई पानि खुवाउन सफल हुनु भएको थियो ।