पाल्पा, रामपुर ।रामपुर नगरपालिका–६ स्थित रामपुर नगर गौशालाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक आम्दानी–खर्च विवरण सामाजीक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको छ ।
नगर गौशालाका अध्यक्ष हुमनाथ न्यौपानेले फेसबुक पेजमा आम्दानि खर्च सार्वजनिक गर्नु भएको छ । गौशालाले जन्मदिन, मोल बिक्री तथा विभिन्न दानमार्फत रु १४ लाख ७६ हजार ४४३ आन्तरिक आम्दानी गरेको छ । साथै रामपुर नगरपालिकाबाट करकट्टी गरी रु १४ लाख ६६ हजार ९७८ प्राप्त भएको छ । यसरी २०८१/८२ मा गौशालाको कुल आम्दानी रु २९ लाख ४३ हजार ४२१ पुगेको छ ।
खर्च
गौशालाले कर्मचारी तलब, दाना, पराल खरिद, वाल निर्माण तथा विविध शीर्षकमा जम्मा रु २३ लाख ३५ हजार ११८ खर्च गरेको छ । यसरी चालु आर्थिक वर्षमा गौशालामा रु ६ लाख ८ हजार ३०३ बचत भएको छ ।
गौशालाले स्थापना काल (२०७५ साल) देखि २०८०/०८१ सम्मको अभिलेख प्रतिवेदन रामपुर नगरपालिकामा बुझाइसकेको र यस वर्षको आन्तरिक प्रतिवेदन समेत सार्वजनिक गरिएको जानकारी दिनु भएको छ ।
अध्यक्ष न्यौपानेको सामाजिक संजालको पुर्ण पाठ ,,
२०८१/०८२ को आन्तरिक समिती बाट भएगरेको आम्दानि खर्च यहाँहरु माझ संक्षिप्त जानकारि गराउन चहान्छौ ।
२०८१/०८२ को आन्तरिक हिसाव
आम्दानी तर्फ
श्रावण जन्म दिन मोल विक्री बाट रु १११०९६।
भाद्र जन्म दिन अन्य दान बाट। ६१७६२।
असोज। जन्म दिन अन्य दान बाट ६६३८०।
कातिक जन्म दिन मोल बिक्री बाट रु १९६६४९।
मङ्सिर जन्म दिन मोल बिक्री बाट रु १५४९४९।
पुस जन्म दिन अन्य दान बाट रु १०४०८५।
माघ जन्म दिन अन्यदान बाट। रु १०८२८२।
फाल्गुण जन्म दिन मोल विक्री बाट रु २२५९६२।
चैत्र रु ८३२७७।
२०८२ बैशाख रु १७७४६२।
जेष्ठ रु ८७०७०।
असार रु ९९४६९।
आन्तरिक आम्दानी रु १४,७६४४३।
रामपुर नगर पालिका रु १४,६६९७८।
(कर कट्टि गरेर)
जम्मा रु २९,४३४२१।
खर्च तर्फ
श्रावण महिना तलव दाना रु ९६१८५।
भाद्र तलब दाना रु ९००७४।
आस्विन तलव अन्य रु १०७९३०।
कात्तिक। तलव अन्य रु १०६९१०।
मङ्सिर तलव पराल खरिद रु ८७५१८३।
पुस तलव अन्य। रु १०५२००।
माघ। तलव अन्य। रु ७०९४५।
फाल्गुण। तलव अन्य रु२५०९१०।
चैत्र। तलव अन्य रु १२४५००।
२०८२ वैशाख तलव वाल निर्माणरु ३१५५०९।
जेष्ट तलव विविध रु ८६८००।
असार महिना। तलव विविध। रु ९४९८३।
जम्मा खर्च रु २३,३५११८।
वचत रु ६०८३०३।
सबै कागज पत्र विषय वस्तु समेटिएको कोषाध्यक्ष श्री चन्डि प्रसाद खनाल संग भएको जानकारी गराउदै छिटै लेखा परिक्षण गराउने छौ । अध्यक्ष हुमनाथ न्यौपाने लेखिएको छ ।


