सामुदायिक वन उपभोक्ता महासंघ रामपुर र सब डिभिजन वन कार्यालय रामपुरको संयुक्त अन्तर्कृया कार्यक्रम राम्चे सामुदायिक वनमा सम्पन्न

बोली खबर   २०८२-०५-१६

सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर समिति र सब डिभिजन वन कार्यालय रामपुरको संयुक्त आयोजनामा सिनियर डिभिजन वन अधिकृत स्वागत तथा अन्तर्कृया कार्यक्रम राम्चे सामुदायिक वन उपभोक्ता समूह रामपुर ५ को सभाहलमा सम्पन्न भएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षता र सिनियर डिभिजन वन अधिकृत मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

पाल्पाको रामपुर नगरभित्रका सामुदायिक वनका समस्या, कार्ययोजना सम्बन्धि जिज्ञासा हरु लाई समाधानका पाटो हरु अपेक्षा राख्दै उपस्थित वनका कार्यसमितिले अन्तर्कृया अन्तर्गत आफ्ना भनाइ हरु राख्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिनियर  डिभिजन वन अधिकृत मोहन श्रेष्ठले  हाम्रो जिवनका लागि अपरिहार्य  छ जसलाइ जोगाउनु हामी सबैको दायित्व हो ।   वन जोगाउन  वनका कार्यसमिति  र उपभोक्ताको पनि उत्तिकै महत्वपूर्ण भुमिका   रहन्छ त्यसैले  वन संरक्षणका लागि  आवस्यक  पहलकदमी  चाल्नका लागि  जिल्ला बाट आवस्यक  सेवा र सुबिधा  उपलब्ध  गराउदै आएको  र आगामी दिनमा पनि सामुदायिक  वनका  समस्या र त्यसको समाधानका  लागि  आवस्यक  कानुन र प्रक्रिया हेरि हरदम   डिभिजन  वन कार्यालय पाल्पा  सदैव तत्पर रहनेछ भने  कार्ययोजना  बन्न बाकी सामुदायिक  वन हरुलाइ  ति कार्ययोजना  बनाउनका लागि आवस्यक श्रोत समेत जुटाइ प्रक्रियाबध्द रुपमा  कार्ययोजना  हस्तान्तरण  गर्ने  प्रतिबद्धता  व्यक्त गर्नुभएको  थियो।

राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिस्णु बस्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पाल्पा जिल्ला अध्यक्ष कृष्ण श्रेष्ठ , बरिस्ठ वन अधिकृत मेघराज काफ्लेले शुभकामना दिनुभएको कार्यक्रमको सन्चालन सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर सदस्य सन्जु देवि परियारले गर्नुभएको थियो।