होम राई मगर
पाल्पा । नेपाल शिक्षक महासंघ निस्दी,पाल्पाले शैक्षिकसत्र उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।
गत शैक्षिकसत्रको आधारभूत तह उत्तीर्ण परीक्षा र एसइइ परीक्षा सर्वोकृष्ट विद्यालय र विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच आज सम्मान गरेको हो । महासंघले आधारभूत तह उत्तीर्ण परीक्षामा अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटका अनुष्पा सिंजाली र सोही विद्यालयका साजन दर्लामीलाई सर्वोकृष्ट विद्यार्थीको रुपमा सम्मान गरेको छ ।
एसइइ परीक्षामा गोरखनाथ मावि अर्चलेका केश कुमारी गाहा र जनप्रिय मावि ज्यामिरेलाई सम्मान गरेको छ । त्यसैगरी जनक मावि झिरुबासलाई कक्षा-१२ मा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने विद्यालय र गौरीशंकर मावि मित्याललाई धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय भनी सम्मान गरेको छ । महासंघले निस्दीबाट माथिल्लो तहमा बढुवा हुने ५ जना शिक्षक र अवकाश हुने २ जना शिक्षकलाई समेत सम्मान तथा बिदाइ गरेको छ ।
महासंघका अध्यक्ष लाल बहादुर सोतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष सारुले महासंघको उक्त कार्य प्रसंशा योग्य रहेको बताउनु हुँदै गाउँपालिकाले शिक्षा क्षेत्रलाई महत्त्व दिदै यस वर्ष पनि सोही अनुसारको निति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँले गाउँपालिकाले सम्पूर्ण शिक्षकहरुलाई शैक्षिक डायरी उपलब्ध गराइएकोले सो को प्रयोग गर्न निर्देशन दिनुभएको थियो । कार्यक्रममा हालै मात्र आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले सामाजिक विकासमा शैक्षिक बिकासमा स्थानीय सरकारलाई साथ दिनुपर्नेमा जोड दिनुभएको थियो ।
गाउँपालिकाको सभा हलमा भएको कार्यक्रमको सन्चालन सचिब चित्र सिंह आलेले गर्नुभएको हो ।




