पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ।
जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन नियन्त्रणबाहिर पुगेपछि मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिनु भएको हो ।
मुलुकमा उत्पन्न असामान्य परिस्थितिका कारण राजीनामा दिएको वहाँले उल्लेख गर्नुभएको हो ।
राष्ट्रपतिलाई सम्बोधन गर्दै वहाँले राजीनामा दिनुभएको हो ।



