नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

  २०८२-०५-२९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गुर्न भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । वहाँलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गर्नुभएको थियो ।

पदभार ग्रहण गर्नुअघि वहाँले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हाल्नु भएको छ। जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको थियो ।