पाल्पा । श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एवम श्रावणी महोत्सवको खर्च सार्वजनिक गरिएको छ । गत साउनमा भएको श्रीमद्भागवत महापुराणरशिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिले साउन १२ देखि ३१ गते सम्म सञ्चालन भएको महायज्ञको शनिबार खर्च सार्वजनिक गरेको हो ।

संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली -(भजनकीर्तन समाज) रामपुरले सञ्चालन भएको श्रावणी महोत्सवको पूर्वटारमा पत्रकार तथा सरोकारवालाहरुको उपस्थितिमा खर्च सार्वजनिक गरिएको हो । श्रीमद्भागवत महापुराणरशिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालले यज्ञमा दान रकम मध्ये रसिद बाट २९ लाख ७४ हजार १४४ रुपियाँ, दान पेटिका बाट ७० हजार ५५८ रुपियाँ गरी ३० लाख ४४ हजार ७०२ रुपियाँ आम्दानी भएको जानकारी दिनुभयो । यज्ञ सञ्चालन र व्यवस्थापनमा १६ लाख १९ हजार ४३३ रुपियाँ खर्च भएको बताउनुभयो । यज्ञ बाट १४ लाख २५ हजार २६९ रुपियाँ बचत भएको बताउनुभयो ।
जस मध्ये १२ लाख ९९ हजार २५८ रुपियाँ सहकारीमा बचत रहेको र एक लाख २६ हजार ११ रुपैयाँ उठ्न बाँकी रहेको छ । उहाँले यज्ञ सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै उद्देश्य अनुसार काम अघि बढाउने बताउनुभयो । कार्यक्रममा रामपुर भजन कर्तिन मण्डलीका सचिव पुरुषोत्तम ढकालले खर्चको विवरण सुनाउनु भएको थियो ।
यज्ञ सञ्चालन र व्यवस्थापनमा १६ लाख १९ हजार ४३३ रुपियाँ खर्च मध्ये पण्डित तथा भजन किर्तन व्यवस्थापनमा ४ लाख ५८ हजार ४०४, भान्सा, प्रसादी तथा पुजा व्यवस्थापनमा १ लाख ७८ हजार ९४३, छपाइ व्यवस्थापन प्रेस ३ लाख १० हजार १११, टेन्ट, साउण्ड तथा कुर्ची व्यवस्थापनमा २ लाख ५७ हजार २८५, विद्युत खानेपानी तथा सरसफाईमा ३८ हजार ८०७, सम्मान सामग्री व्यवस्थापनमा १ लाख ८ हजार ७०, यातायात व्यवस्थापनमा १३ हजार ५००, सूचना सञ्चार तथा भिडियो छायाङ्कनमा ९४ हजार, स्टेशनरी सामान २ हजार ९०८, यज्ञ व्यवस्थापनमा १ लाख ५७ हजार ४०५ खर्च भएको बताउनुभयो ।
कार्यक्रममा रामपुर भजन किर्तन मण्डलीका सल्लाहाकार देवराज ढकाल, हुमानथ न्यौपाने, विष्णु मायाँ ढकाल लगाएतले आफ्ना सुझाव सहितको भनाई राख्नु भएको थियो ।


