पाल्पा । नेपाल सरकारले यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकको सम्मानस्वरूप बुधबार राष्ट्रिय शोक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक दिवसका दिन बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो ।
उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयका सहसचिव एवम प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ । यस निर्णय अनुसार १ गते बुधबार नेपालभर सार्वजनिक विदा हुनेछ भने सरकारी कार्यालयसँगै विदेशस्थित नियोगले पनि बुधबार कामकाज स्थगित स्थगित भएका छन् ।



