रामपुर साना शहरीखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खर्च सार्वजनिक

बोली खबर   २०८२-०६-०६

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिवेशन अन्तर्गत भदौ २१ मा सम्पन्न निर्वाचनको खर्च विवरण सार्वजनिक गरिएको छ। खर्च सार्वजनिक गर्नुहुँदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत सुर्य दर्शन पण्डितले मितव्यायी रूपमा खर्च गरिएको बताउनुभएको छ। उहाँले ६ लाख २ रुपैया बराबरको खर्च सार्वजनिक गर्नुभएको हो ।
जस अन्तर्गत निर्वाचन स्थल र मतगणना स्थल बनाउँदा ३६ हजार २सय९६ , स्टेसनरी खर्चमा ३४ हजार ३सय१५ ,मसलन्द तथा छपाई खर्च पाँच हजार ३सय४६, सुरक्षाकर्मी भत्तातर्फ ६८ हजार रूपैयाँ, कर्मचारी तथा निर्वाचन समिति एक लाख रूपैयाँ, मतदान केन्द्रमा खटिने कर्मचारीलाई ५२ हजार२सय, मतगणना स्थलमा खटिने कर्मचारीलाई ७६ हजार रूपैयाँ, खानेपानी संस्थाका कर्मचारीलाई ४२ हजार ५सय रुपैया ,खाजा र खानाका लागि १ लाख ४० हजार ३सय४५रुपैया खर्च भएको जानकारी गराउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य एवं अर्थ उद्योग पर्यटन विकास समितिका सभापति राजु प्रसाद श्रेष्ठ रहनुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष समेत रहनु भएका श्रेष्ठले भइरहेको खानेपानीको अवस्था र यहाँ परेको बजेटका विषयमा जानकारी गराउँदै खानेपानी नपुगेका ठाउँमा अब आउने समितिले पुर्‍याउन समेत अनुरोध गर्नुभएको छ।
इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले खानेपानी जीवन भएकोले यसलाई मितबेही ढङ्गले अगाडि बढाउन अनुरोध समेत गर्नुभएको छ। वडा नम्बर ४ का वडा अध्यक्ष रामबहादुर रानाले खानेपानीको समस्या बताउँदै यसको समाधानका निम्ति पहल गर्न तत्परता देखाउन समितिलाई आग्रह गर्नुभएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा पोखरेलले खानेपानीमा रामपुर नगरपालिकाले पनि सहयोग गरेको जनाउँदै त्यसबाट बनेको ट्याङ्कीले अहिलेसम्म पानी सप्लाई गर्न नसकेको दद्रान लगायत माथिल्लो बेल्टलाई पानी खुवाउन आग्रह गर्नुभएको छ ।
त्यस्तै गरी कार्यक्रममा नेपाली कांग्रेसका नगर उपसभापति देवबहादुर मश्राङ्गी, नेकपा एमालेका नगर उपाध्यक्ष अशोक श्रेष्ठ ,नेकपा माओवादीका नगर अध्यक्ष भीम विश्व भट्टराई, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष फडेश्वर गौतम लगायतले खर्च अन्य ठाउँमा पनि मितव्यही भएर गर्न अनुरोध गर्नुभएको छ ।नेपाल सरकारका कर्मचारी , कार्यालय समयमा भएको कामको भत्ता किन भनेर प्रस्न समेत उठाउनु भएको छ । त्यस्तै गरी पूर्व कोषाध्यक्ष हुमानाथ न्यौपाने ले यस्ता सामाजिक संस्थाहरूमा सकेसम्म चुनाव नगर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । खानेपानी संस्थाका पूर्व उपाध्यक्ष हजुर दिन मिया, नेपाल पत्रकार महासङ्घ पाल्पा उपाध्यक्ष शाखा उपाध्यक्ष बन्दना पोखरेल लगायतले आफ्ना भनाइ राख्नुभएको थियो संस्थाका उपाध्यक्ष विष्णुमाया ढकालको स्वागतबाट सुरु भएको कार्यक्रममा उपस्थितलाई धन्यवाद संस्थाका कोषाध्यक्ष भोजराज भट्टराई भट्टराईले दिनुभएको थियो कार्यक्रमको सञ्चालन सचिव नीलकण्ठ पोखरेलले गर्नुभएको हो।